गजल : लीलाराज दाहाल

गजल : लीलाराज दाहाल

कपन अनलाइन
काठमाडौं, भदौ २२।

देश छोडी बिदेशिन तिमीलाई हतार थियोे
उता भने आँशु बग्ने शोकाकूल असार थियो ।

माटोसँगै रमाएर हाँसे, खेले, गोडमेल गरे
चाङ्ग लाग्न सक्छ अझै धन यतै अपार थियो ।

परिश्रमी माहुरीले कति मीठो मह दिन्छ
काँधमा काँध मिलाए श्रमको यहीँ बजार थियो ।

अल्छी भयौ, श्रम गर्न जानेनौ तिमीले
सबै मिली जुटेदेखि आफ्नै गाउँमा कतार थियो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।