दुई मुक्तक : गंगा लिगल

दुई मुक्तक :  गंगा लिगल

कपन अनलाइन
काठमाडौं, भदौ २२।
ढुंगे धारा झरझर गर्छ मनै हर्दछ
बाटो हिडने बटुवाको तनै हर्दछ
हिम चुलीसँग यसको नजीकको नाता
त्यसको शीतलताले सबको जनै हर्दछ ।

चिसो मीठो पानी हेर्दा पिउँ पिउँ लाग्छ
अबिरल बगेको देख्दा मनै दिउँलाग्छ
बिर्सी नसक्नु गुण यस्को गर्मी बेलामा
सधँै भरी यस्तै गरि हेरिरहँु लाग्छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।