गजल : वन्दना पौडेल

गजल : वन्दना पौडेल

कपन अनलाइन
काठमाडौं, भदौ २२।

स्रष्टा तिम्रो सिर्जनामा आउन बाँकी छ ।
तिमीसँगै चोखो माया लाउन बाँकी छ ।।

अझैँ पनि सत्य कुरा नबुझेका जनलाई ।
आफ्नै मनको वास्तविकता बुझाउन बाँकी छ ।।

आजसम्म पु¥याएका ति देनहरू नदेख्नेलाई ।
गरेका ति सङ्घर्षले झुकाउन बाँकी छ ।।

हररात सिर्जनामा तिम्रै यादले सताएर ।
तिम्रै नाममा मन्दिरमा फूल चढाउन बाँकी छ ।।

यो रोग र शोकले देश छिट्टै मुक्ति होस् भनी ।
देवी देवता भाकी फूल चढाउन बाँकी छ ।।

बुद्धिहीन कुसंस्कारी यो समाजलाई मिल्काएर ।
ज्ञानको ज्योति छर्दै उज्यालो छाउन बाँकी छ ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।