छोरीको प्रश्न : सुस्मिता गिरी (कविता )

छोरीको प्रश्न :  सुस्मिता गिरी (कविता )

कपन अनलाइन
काठमाडौं, भदौ २२।
जताततै छोरीहरू पर्न थाले जालमा
रक्षकहरु देखिन थाले भक्षकको चालमा
न घरमा सुरक्षित छन् छोरी न कतै अन्त
कसलाई पो त ठान्नु बरा तिनले आफन्त

एक्काइसौँ शताब्दीमा नि हिंसाले सीमा नाघ्यो
छोरीको जिन्दगीमा खै कुन्नि कुन दानव जाग्यो
कोपिला पनि चुँडिएकै छन् फुलेका फूल पनि
पापको घडा भर्दै छ मान्छे दुराचारी र पापी बनी

जानेबुझेकैले बुझ पचाउँदै छोरीलाई रुवाउँदै छ
आफ्नै बगैँचाको फूलमाथि किन ¥याल चुहाउँदै छ ?

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।