हरितालिका तीज पर्व संस्कार र संस्कृति : हेमा सुवेदी (कविता )

हरितालिका तीज पर्व संस्कार र संस्कृति :  हेमा सुवेदी (कविता )

कपन अनलाइन
काठमाडौं, भदौ २२।
संस्कृति हाम्रो धरोहर
संस्कार हाम्रो पहिचान
संस्कार र संस्कृति हाम्रो स्वाभिमान ।।
घुम्दै फिर्दै फेरि आयो
यो वर्षको तीज पर्व
मनाउनु पर्छ हामीले
संस्कार र संस्कृति सहितको हाम्रो पर्व
तीज हामी हिन्दुनारीहरुको महत्वपूर्ण चाड
नबिगारौं संस्कार र संस्कृति संगै आफ्नो चालढाल
भाद्र शुक्ल द्वितीया देखि
पञ्चमी सम्म मनाइन्छ चार दिन
तीज भन्दै नलरबरिउँ महिनौं सारा दिन
गाउनुपर्छ भाका मिलाइ
आफ्नै संस्कृतिको गीत
लाउनुपर्छ प्रेम भाव आफ्नो संस्कार र संस्कृतिमा प्रीत तटकभड्क नबढाउँ
नघटाउँ तीजको आस्था, महिमा र गरिमालाई
प्रत्येक धर्म संस्कृतिको आफ्नै हुन्छ मौलिकता
जोड्ने गर्छ यसैले नै दर्शन अनि समाजलाई
हरेक पर्व संस्कृतिमा र्आिथक जोडिदैछ
सहर बजार फेसनसंगै तीज पर्वको संस्कार र संस्कृति मौडिदैछ
नबनाउँ महङगो तीज पर्वलाई
आभूषणको प्रतिस्पर्धा गर्व गर्नलाई
गरिबीलाई गिज्याउने तीज नआओस्
गहनाको प्रर्दशनि तीज नबनोस्
दर खाने चलन थियो, कति राम्रो हाम्रो
दिदी बहिनी जम्मा भई दुःख सुख साट्दै
अहिले जान्छन् पार्टी प्यालेस, महंगो रेष्टुराँमा
तीज आयो संघारैमा
अनेक कष्ट छ जनजिवनमा
सद्धभाव हामीले राख्नै पर्छ दुःख पिरमा
संस्कार र संस्कृति जोगाउने जिम्मा छ आफ्नै शीरमा
आउ अब नारीहरु आफै जाग्नुपर्छ
भड्किलो र देखासिखिबाट टाढै भाग्नुपर्छ
आफ्नै संगीत संस्कृतिलाई जोगाउनुपर्छ
मादलु र टुङना पनि अब बज्नुपर्छ
बिकृतिले जेलिसक्यो तीजको पर्वलाई
बिकृति बढ्दैगयो संस्कार र संस्कृति हाम्रो नाङ्घिदै छ
संस्कृतिलाई मास्ने आधुनिकता झाँगिदै छ
संगीतमा नी मिठास छैन
छैन शब्द लय
नग्न शरीर देखाउदै बिस्ताराले पोल्यो भन्छन्
आफ्नै सँग बसि हेर्न सुन्न पनि भयो भय
आफ्नो धर्म आफ्नै छ हाम्रो संस्कृति
तीज पर्वमा नआओस अरु बिकृति
तीज पर्व हिन्दुहरुको उत्सव, शुद्घता र प्रेमको मौसम हो यहि
मौसममा हामी नारी संगै हुनुपर्छ
सोह्र शृङ्गार आभूषण र रातो सारीमा
नाच्नु, गाँउनु, खानुपर्छ आफ्नै संस्कारमा
सबै जनमा मिलोस् खुशि अनि सफलता
भगवान शिवको आषिश मिलोस्
चिताएको कुरा पुगोस्
आफ्नो संस्कार र संस्कृतिले सबको मन चुमोस्
तीज पर्वले संदेश दिन्छ देशको संस्कार र संस्कृतिको नआओस
अब यहि पर्वमा बिकराल विकृतिको
तीज पर्व हाम्रो प्रेमको सुचक हो
सबैको समान पर्व तीज द्योतक पनि हो
धर्म सापेक्ष जीवनशैली
हाम्रो संस्कृति हो
संस्कृतिलाई बिचार अनि व्यबहार सिकाउने हाम्रो संस्कार नैहो
संस्कार र संस्कृति सहितको तीज मनाउँदा
राम्रो हुन्छ सबै समान मिलिजुलि रमाउँदा
आफु, आफ्नो परिवार र समाजसंग रमाउनुपर्छ
संस्कार र संस्कृति सहितको तीज पर्व मनाउनु पर्छ

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।