चकनाचुर :दीपक लोहनी (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ,भाद्र १५ ।
नजिक थिए आगो र पानी ।
आगो चीसो थियो ।
पानी तातो थियो ।
पानीले मायालु पारामा भनी – ‘तिमी मलाई ताप र आनन्द लेऊ ।’
‘तिम्रो तापमा आनन्द लिन म असमर्थ छु ।’ आगोले विनीत स्वरमा भन्यो । पानीले आफूलाई हेरी –
ऊ वैंसले भुक्लुक भुक्लुक उम्लिरहेकी थिई ।
छेवैमा आगो एउटा बूढो अगुल्टोभित्र सुशुप्त थियो ।
पानीले पुनः भनी –
‘मलाई चुम र जीवनको मजा लुट, जीवन सिर्फ एकबारको हो, यार ।’
आगो भर्भरायो ।
झिल्लिक्क झिल्का फ्याल्यो ।
अनि अगुल्टोसहित् जुरुक्क उठ्यो र पानीको गहिराईमा झ्वाम्म डुबुल्की मा¥यो ।
झ्वाँ कक ई ई ञँ ! गर्दै एक मुठ्ठी धुवाँ आकासमा उढे ।
अब त्यहाँ तातो पानी र चिसो आगो केही बाँकी थिएन ।
सबै चकनाचुर भए ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।