तथ्य : रोशन पराजुली (लघुकथा)

तथ्य : रोशन पराजुली (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ,भाद्र १५ ।
कथनि जस्तो सुकै होस, तर ‘सार चाहिँ चाङ्ग लागेको सङ्ग्रह झैँ हुन पर्छ !’ इच्छा जाहेर आखिर मनले नै गर्ने हो ।
‘सुरुवात कहाँ बाट गर्नु पर्छ, हेक्कामा ध्यान जानू पर्छ है ।’ वरिष्ठको सुझाब कनिष्टलाई !
हातले हत्तनपत्त चुलिवाट एउटा तान्यो र शिर्षकमा नजर दौडायो ।
ठिकै लाग्यो ।
पहिलो पृष्ठमा भुमिका लगायत परिचयले उतै खिच्यो ।
‘आहा, कत्ति गजवका सम्वाद’ पढ्न पनि चाख लाग्ने ।
जति पाना पल्टायो उति अब कस्तो हुन्छको जिज्ञासाले सुरुदेखि अन्त्यत सबै सकियो ।
अब निचोड के निकाल्नु त ?दोमनले पनि निक्यौल दिन सकेन । परेन फसाद ।
नजर लजाउदै, यताउति दौडियो ।
गृहिणि मुस्कान छर्दै भन्न थालिन्, ‘हजुरले, भरखर पढ्नु भो मैले अस्ति नै सकेँ ।’
कता कता खुसी नि लाग्यो । अहो मेरी उनी पनि पाठक ?
प्याच्च बोलिन्, ‘बरु कनिष्ठ कै ठिक ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।