बुढानिलकण्ठ–११ मा ह्वीलचेयर आवश्यक व्यक्तिको विवरण संकलन हुँदै

बुढानिलकण्ठ–११ मा ह्वीलचेयर आवश्यक व्यक्तिको विवरण संकलन हुँदै

कपन अनलाइन

काठमाडौँ, साउन २८।

बुढानिलकण्ठ नगरपालिका–११ वडा कार्यालयले आफ्नो क्षेत्रभित्र रहेका ह्वीलचेयर आवश्यक पर्ने व्यक्तिहरूको विवरण संकलन गर्न आग्रह गरेको छ।

वडा कार्यालयका अनुसार बाल अपराथ टेवा संस्थासँगको सहकार्यमा बुढानिलकण्ठ नगरपालिकाले ह्वीलचेयर वितरण कार्यक्रम सञ्चालन गर्न लागिएको हो। यसका लागि वडा भित्रका अशक्त, शारीरिक रूपमा अक्षम वा चल्न सक्ने क्षमतामा समस्या भएका व्यक्तिहरूको नाम दर्ता गराइनेछ।

दर्ता गर्न इच्छुकले आवश्यक कागजातसहित वडा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। आवश्यक कागजातहरूमा—

१.नागरिकता वा जन्म दर्ताको प्रतिलिपि

२.अपाङ्गता पहिचान पत्रको प्रतिलिपि

३.शारीरिक रूपमा असक्त/अक्षम व्यक्ति ह्वीलचेयर आवश्यक हुने भनी सम्बन्धित चिकित्सकको सिफारिस पत्र

वडा कार्यालयले तोकिएको म्यादभित्र सम्पर्क गर्न आग्रह गर्दै आवश्यक सहयोगका लागि सम्पूर्ण स्थानीयवासीलाई सहयोग गर्न आह्वान गरेको छ।

तपाइँको प्रतिक्रिया ।