चार मुक्तक : हरिभक्त सिग्देल ‘महेश’

चार मुक्तक : हरिभक्त सिग्देल ‘महेश’

कपन अनलाइन

काठमाडौँ, साउन २४।

१.
धर्म अर्थ काम मोक्ष राम नामबाट
पाइने छ अन्तमा त्यो धाम नामबाट ।
सधैँभरि जे गरिन्छ बस्छ त्यही बानि
अमर हुन्छ मानिस त काम नामबाट ।।
२.
लाईभन्दा लाज भन्छन् हेर देख्नेलाई
हाल्छु जेल भनिदिन्छन् धेर देख्नेलाई ।
कस्ता मान्छे देख्नु प¥यो असत्ति र पापी
धर्मात्मा छैनन् पापी मात्रै फेर देख्नेलाई ।।
३
सपनी र विपनीमा म तिमीसँगै रम्छु
ह्वैन विदेश नेपालकै म जिमीसँगै रम्छु ।
आयु बढ्छ सन्चो हुन्छ तिमीसँग हुँदा
हात समाई शिर थमाई तिमीसँगै रम्छु ।।
४.
चुरे सके बेचीबेची धनी बने राजा नेता
रोकिएन दोहन आमा अझै ताजा नेता ।
प्रकृति मेरी आमा सके सके वेची सके
हिमाल तराई सबै हेर खाने खाजा नेता ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।