कुपुत्र : ध्रुवराज थापा पुरूष’ (लघुकथा)
दुईवटा लास दुईतिर ढलेका थिए !
“दुष्ट आज तैँले के गरिस् यस्तो ? हे भगवान आज के देख्नु परेको ! मलाई पनि सँगै लैजाउ !“ महिला छाती पिटीपिटी अलापविलाप गर्दै थिईन ।
एउटा लासलाई हेरेर आमा रूँदै थिईन् भने अर्को लास हेरेर छोरो भक्कानिदै थियो ।
मान्छेको भिड बाक्लिदै थियो । युट्युबरहरू ओरीपरी आफ्ना क्यामेरा घुमाउदै थिए । प्रहरीहरू पहेँलो रिवनले घेरेर घटना स्थललाई सुरक्षित बनाउन ब्यस्त थिए ।
प्रहरीले बयान सुरू ग¥यो !
प्रहरी–“ल भन्नुस् के भएर यस्तो घट्ना घट्यो ?“
“यसले मेरो सिँदुर खोस्यो ! यो अपराधी हो !“ छोरातिर सङ्केत गर्दै उनी चिच्याईन् ।“
उनले थपिन, “हामीले यसको खुसीका लागि हाम्रा सबै चाहना कटौती ग¥यौं । जे जे भन्यो त्यही पुरा गरिदियौँं । आज यसले आफ्नै बाउ खायो ! आफ्नी आमालाई बिधवा बनायो !“ भन्दै डाँको उनले छोडिन् ।
प्रहरी– “जे नहुनु थियो भैसक्यो, आफूलाई सम्हाल्नुस्, खास घटना कसरी घट्यो भन्नुस् त आमा !“
उनले रूँदै छोरातिर औँल्याउँदै बताईन, “यसको कुकुरले सुत्ने ओछ्यान फोहोर गरिदिएछ, मेरो बुढाले रिसले मोबाईलले झटारो हान्नु भएछ, ठाउँको ठाउँमा लागेछ कुकुर ठहरै भयो ।“
प्रहरी– “अनि त्यस पछि के भयो ?“
“अनि त्यसपछि के हुनु नि ! उसलाई आफ्नो बाउभन्दा कुकुर प्यारो भयो, रिसले सिलौटोको लोहोरोले टाउकै टाउकोमा हिर्कायो, बाउ ठहरै भए !“
भिडबाट एक जनाको आवाज सुनियो, “कस्तो कुपुत्र रहेछ ! के समय आयो ?
बाउआमाको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुङ्गामुढामाथि !“
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक