दुई मुक्तक : दीपा शाही रावत
कपन अनलाइन
काठमाण्डौ,भाद्र १५ ।
जिन्दगीको सुन्दर साथ भनेको केवल भैदियो सिरानी
अँध्यारो रातमा उज्यालो मनले खोज्छ उसैको जवानी
जीवनका उकालो ओरालोहरूसँग पनि सामना गरियो
कैयौँ रात तर उसैको यादमा बितेर गए आएन बेइमानी ।
दिल खाली छ कसरी भनौँ तिमीसँगै नजर चार भएपछि
आँसुको समुन्द्रबाट सहजै तारिदिने तिमी नै यार भएपछि
अन्योलताको सँघारमा टेकेर दिन र रातहरू बिताउँदै गर्दा
निरास र हतास जिन्दगीको तिमीबाट नै उद्धार भएपछि ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।