दैलेखको पञ्चकोशी : महेन्द्र चालिसे (नियात्रा)
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ८।
“ओहो, आज त छैठौं रात भैसकेछ हगी, अव त बस चढ्दा चढ्दा अत्यास पो लाग्न थालिसकेछ त” दैलेखको राकममा आएर राती बस्ने क्रममा रामेश्वर भन्छ । हाम्रो यात्रा टोली रारा भ्रमण सकेर अव दैलेखको ज्वालानाथ जाने क्रममा राकममा वास वस्दै थियौं । भोली पल्ट विहान सवेरै त्यहाँबाट हामी ”ज्वाला क्षेत्र घुमेर त्यही विहान खाना खाएर सुर्खेत पुग्ने गरी कार्यक्रम बनाएको छ है दाई” भनेर वेलुकी सुत्ने वेलामा लक्ष्मण थापाले सवैलाई जानकारी गराएको थियो र त्यही अनुसार हाम्रो तयारी भएको थियो ।
समुद्री सतहबाट ५४४ देखि ४१६८ मिटर सम्मको उचाइमा रहेको यो दैलेख देवताहरुको वासस्थान भएकोले देवलोक हुँदै दैलेख भएको हो भन्ने जनश्रुती रहेको यस दैलेख जिल्ला नेपाली भाषाको पहिलो शिलालेख राखिएको स्थान हो भनिन्छ । त्यसैगरी दैलेखको नामाकरण बारे कुनै तथ्य प्रमाणहरु नभए पनि विभिन्न किंवदन्तीहरु प्रचलित छन् ती मध्ये केही सुनिएको किंवदन्ती यहाँ उल्लेख गर्नु स्वभाविक नै ठहर्छ– दधिची ऋषिले तपस्या गरेको ठाउँ दधिलेख भएकोले त्यसैबाट दैलेख भएको हुनसक्छ अथवा भगवान शिवले कामदेवलाई भष्म गर्दा शिवको तेस्रो आँखाबाट निस्किएको ज्वालालाई दुल्लु पर्वतमा विसर्जन गरिएकोले दैलेख भनिएको पनि भनिन्छ । प्रसस्त मात्रा दही दुध पाउने भएकोले दहीलेक बाट दैलेख भएको भन्ने पनि छ । खस मल्लहरुको पालामा जुम्लाको सिञ्जामा गर्मी समयमा र जाडो समयमा चाहिं दैलेखको दुल्लुमा राजधानी रहने गरेको थियो । त्यसैले लगभग बा¥हौं शताब्दी देखिनै “सिञ्जाहार, दुल्लु विराट” भन्ने भनाई प्रचलित थियो ।
यो दैलेख पूर्वमा जाजरकोट, पश्चिममा अछाम, दक्षिणमा सुर्खेत र उत्तरमा कालिकोटले घेरिएको छ । दैलेख यस्तो पवित्र स्थान हो “जहाँ खोलाभरी आगो वल्छ र पहाडको टाकुराबाट खरानीको धुलो उँड्छ” भनेर सो अद्भुत क्रियालाई वैश्वानर ज्वाला पुराणमा उल्लेख गरिएको छ । त्यसैगरी दैलेख जिल्लाको प्राकृतिक विशिष्ठता पनि उल्लेखनीय रहेछ । स्थानीय वासीहरुको भनाइ अनुसार एउटै गाउँको वल्लो कुनामा चिसो हावापानी भेटिन्छ भने अर्को कुनामा तातो हावापानी भेटिन्छ । हामी विहान चिया नास्ता गर्न रोकिएको पसलको साहुले तातो हावापानी र चिसो हावापानीको उदाहरण दिन एउटा रमाइलो दृष्टान्त सुनाउँछन्– ल सुन्नोस ऊ यो बारिको यो कुनामा काफल, ऐंसेलु, सुन्ताला फल्छ जुन फल फल्न अलि चिसो हावापानी चाहिन्छ । अनि यही वारीको ऊ त्यो पल्लो छेउमा आँप कटहर फल्छ, जस्लाई तातो तातो हावापानी चाहिन्छ । ती पसलेको प्रस्तुती यति रमाइलो थियो की हामी सवै उनको कुरा सुनेर हलल्ल हाँस्यौं ।
“यस्ता प्रसंगहरु त जति सुनेपनि सकिंदैन, हाम्रो गन्तव्य त ज्वालाक्षेत्र पुग्नु थियो, त्यसैले चिया नास्ता गरुन्जेलमा जति सुनियो त्यसैलाई मनमा राख्दै हामी त्यहाँबाट हिंंड्यौं । सनातन हिन्दु धर्मको पवित्र धार्मिक ग्रन्थ स्कन्द पुराणमा “वैश्वानर तीर्थ” भनेर वर्णन गरिएको यस “ज्वाला क्षेत्र ज्वाला तीर्थ या ज्वाला नाथ” लाई दैलेख जिल्लाको पवित्र तिर्थ “पञ्चकोशी” भनेर पनि चिनिन्छ । यो क्षेत्रमा चाहे जमिनमा होस् या पानीमा निरन्तर ज्वालाहरु प्रज्वलित भइरहन्छ । जनश्रुती अनुसार प्राचिन कालका खसमल्ल राजाहरुले यस तीर्थस्थानलाई पञ्चकोशी नामाकरण गरेर तीर्थ यात्राको थालनी गरे भन्ने अनुमान छ ।
यो पञ्चकोशी अर्थात् ज्वाला क्षेत्रमा प्रचुर मात्रामा पेट्रोल पाइन सक्छ भनेर २०७३ साल देखि नेपाल सरकारको अनुरोधमा चिनीया सरकारले उत्खनन् गर्दै पनि छ ।
पञ्चकोशीको वारेमा पुराणमा यसरी वर्णन गरिएको पाइन्छ —
वाराणस्याः प्रयागश्य मायापुर्याः विशेषतः ।
इदं क्षेत्रं महापुण्यं कलौ कल्पषनाशनम् ।।
अर्थात् वनारस, प्रयाग, मायापुरी, हरिद्वार भन्दा विशेष गरेर यो ज्वालाक्षेत्र महापुण्यदायक छ र कलियुगमा पाप नासक पनि छ । यस क्षेत्रमा रहेका पादुका नाभिस्थान, कोटीला, शीरस्थान र धुलेश्वर यी पाँचवटा स्थानलाई पञ्चकोशी मानिएको रहेछ । पञ्चकोशीको अर्थ चाहिं यी ५ वटा स्थान चाहिं धुलेश्वर मन्दिरलाई केन्द्रविन्दू मानेर सवै मन्दिरहरु पाँचकोशको परिधि भित्र पर्ने भएकोले पञ्चकोशी भनिएको रहेछ । अर्थात् धुलेश्वर मन्दिरबाट ५ कोश पूर्व ५ कोश पश्चिम, ५ कोश उत्तर र ५ कोश पश्चिमको क्षेत्रलाई भनिंदो रहेछ जस्लाई ज्वालाक्षेत्र तीर्थस्थलको रुपमा पूजिंदो रहेछ ।
यो पादुका क्षेत्र, नाभीस्थान क्षेत्र, कोटिला क्षेत्र, शीरस्थान क्षेत्र र धुलेश्वर क्षेत्रको उत्पत्तीका बारेमा पनि धेरै किम्वदन्तीहरु रहेछन् । हामी त्यहाँ पुग्दा बाजागाजाका साथ एकथरी भजन मण्डली आएर नाचगानका साथ भजन गर्न थाले । तीनै भजन मण्डली मध्येका एक वयोवृद्धका मुखबाट सुनेको किंम्वदन्ती उल्लेख गर्न उपयुक्त लाग्यो । वृद्धका अनुसार महाभारत युगमा जव पाण्डवहरु वनवास गए । त्यतिवेला भिमलाई सर्परुपी राजा नहुषले निकै बिघ्न बाधा दिन थालेको देखेर युधिष्ठिरले नहुषलाई सर्पको रुपबाट मुक्ति दिलाए । जव सर्प रुपी नहुषको पाउ जहाँ खस्यो यो ठाउँलाई पादुका क्षेत्र, नाइटो खसेको ठाउँलाई नाभिस्थान कोखा खसेको ठाउँलाई कोटिला क्षेत्र, टाउको खसेको ठाउँलाई शीरस्थान क्षेत्र र बाँकी रहेको अंगको धुलो खसेको ठाउँलाई धुलेश्वर क्षेत्र भनेर पुज्न थालियो रे ।
त्यसैगरी तीनै वयोवृद्धका अनुसार प्राचिनकालमा त्यसै क्षेत्रको भैरी भन्ने गाउँका एक बुढो मान्छे मर्न लाग्दा प्राण घिटी घिटी रह्यो । बुढाका ५ भाइ छोराहरु थिए र उनीहरुले आफ्नो बुबालाई अन्तिम इच्छा केही छ कि भनेर सोध्छन् । त्यस ताक दुल्लुको नाग दुलोमा एउटा भयंकर सर्प बस्ने ग¥थ्यो रे र त्यो सर्पले त्यहाँका मानिसहरुलाई टोकेर मार्ने ग¥थ्यो रे र ती बुढाले पनि छोराहरुलाई आफ्नो अन्तिम इच्छा त्यो सर्प मारेर जहाँ त्यस्को नाइटो पतन हुन्छ त्यही आफ्नो दाह संस्कार गर्नु रहेको छ भनेर ब्यक्त गरे रे । पाँचजना छोरा मिलेर बाबुको इच्छा अनुसार त्यो सर्प मारेछन् र सर्पको पाउ, कोखा, नाइटो, टाउको र बाँकी अंगको धुला जहाँ जहाँ खस्यो त्यही अनुसार त्यस क्षेत्रलाई पवित्र मानेर पादुका, नाभिस्थान, कोटिला, शीरस्थान र धुलेश्वर क्षेत्रमानी तीर्थस्थलको रुपमा पुज्न थालियो ।
पञ्चकोशी मध्येको एक स्थान शीरस्थान हो । यस मन्दिर भित्र पानीमाथि निरन्तर अग्नी प्रज्वलित भैरहेको देखिन्छ । धार्मिक दृष्टिबाट हेर्दा यो ज्वाला दैवी शक्तिद्वारा वलेको हो भन्ने गरिन्छ । नाभी खोला या रुद्रवाती नदीको किनारमा अवस्थित यो शीरस्थान मन्दिर वरिपरि ज्वालाघर, गाधीघर, कालभैरव मन्दिर, वटुक भैरव मन्दिर, शिव लिंग रहेका छन् । ज्वालाघरमा भित्र अटुट रुपमा वलिरहने आगोको ज्वालालाई शिव ज्वाला अथवा वैश्वानर ज्वाला भनेर पूजा गरिंदो रहेछ । त्यसैगरी ज्वालाघरको पारिपट्टि नाभि खोलाको अर्को किनारमा अर्को ज्वाला मन्दिर छ । जस्लाई कालज्वाला भनिंदो रहेछ । शिरस्थान मन्दिरमा नाथ सम्प्रदायका सन्यासीहरुले पूजाआजा गर्ने प्रचलन रहेछ ।
हामीलाई यो पञ्चकोशी बारेमा पहिला थाहा थिएन । हामीले केवल ज्वाला क्षेत्र भनेर मात्र थाहा पाएका थियौं र त्यही अनुसार हाम्रो कार्यक्रम तय भएकोले हामी त यही शीरस्थान ज्वालाक्षेत्रको मात्र अवलोकन, दर्शन ग¥यांै । त्यहा भेटिएका पुजारीका अनुसार अहिले पादुकास्थानको ज्वाला निभिसकेको छ रे । खाली शिरस्थान र नाभिस्थानको मन्दिरमा निरन्तर आगो वलि नै रहेको छ । त्यसैगरी नाभिस्थानतिरबाट बगेर छामगाढ मिसिने खोलाको पानीमा पनि आगो वल्छ रे । अनि धुलेश्वरमा पनि खरानीको धुलो निस्किरहन्छ रे । त्यहाँका सन्यासी पूजारीका अनुसार यस ज्वाला क्षेत्रमा ज्वालादेवीको रुपमा हिन्दू, बौद्ध र जैन सवै सम्प्रदायले उत्तिकै श्रद्धाको साथ पूजा अर्चना गर्ने गर्छन् रे ।
“ल खाना तयार भयो” लक्ष्मणको क्याटरिंग स्टाफले खवर गर्छन् । हामी सवै खाना खान जान्छौं ।
“यहाँबाट ५ कोष पर नाभिस्थान पर्छ रे, जाने कि ?” टिम म्यानेजर बद्रीजी सोध्छन् ? “गैदैन, गैदैन”– पुरु जवाफ दिन्छ । “हैन लक्ष्मणलाई सोधौंन”, शशी पाएसम्म जान हुन्थ्यो भन्ने भावमा भन्छिन् । “लक्ष्मणले त हुन्छ भनिहाल्छनी, १ दिनको यात्रा बढ्छ उषा भन्छिन् ।
त्यहाँ सवैलाई थाहा थियो, मैले जाने भने भनें गइन्छ नत्र गईंदैन, तर सोझै मलाई “जाउँन त” भन्ने चाहि कोही अघि सरेनन्, किनकि त्यहाँ सवैलाई थाहा थियो मेरो स्वभाव, त्यसैले यो प्रसङ्ग त्यहीँ हरायो । हामी खाना खाएर त्यहाँबाट सुर्खेत तर्फ लाग्यौं हाम्रो कांक्रे विहार र देउती वज्यै घुम्ने कार्यक्रम पहिल्यै तय भैसकेको थियो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।