मदन भण्डारी बौद्धिक मञ्चको अध्यक्षमा डा. अधिकारी, को को बने पदाधिकारी तथा सदस्यहरु ?
कपन अनलाइन
काठमाण्डौ ,पुस २४।
मदन भण्डारी बौद्धिक मञ्च नेपालको अध्यक्षमा डाक्टर बाबुराम अधिकारी निर्वाचित भएका छन ।
पुष २२ गते काठमाडौंमा सम्पन्न मञ्चको प्रथम वार्षिक साधारण सभाले डाक्टर अधिकारीको नेतृत्वमा १५ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो । नव निर्वाचित कार्यसमितिमा पुण्यप्रसाद ढकाल (उपाध्यक्ष), लक्ष्मण रायमाझी (महासचिव), नवराज पोखरेल (सचिव), लिला क्षेत्री जिसी (सह सचिव) र गुप्तबहादुर डिसी (कोषाध्यक्ष) रहेका छन ।
त्यसैगरी, सदस्यहरूमा कमल न्यौपाने, धर्मराज मैनाली, डा. मिना अधिकारी, पुष्करराज प्रसाईँ, चन्द्रप्रसाद निरौला, रामचन्द्र नेपाल, डम्बरादेवी अर्याल, राधादेवी आचार्य र भगवती दहाल निर्वाचित भएको निर्चाचन समितिका संयोजक अधिवक्ता गणेश घिमिरेले जानकारी दिनुभयो ।
मदन भण्डारी फाउण्डेशनकी अध्यक्ष उषाकिरण भण्डारीले अध्यक्ष निर्वाचित हुनुभएकोमा डाक्टर बाबुराम अधिकारी लगायत सम्पूर्ण कार्यसमितिलाई बधाई दिएकी छन । उनले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई समेटेर बौद्धिक मञ्चलाइ बहुआयामिक बनाउन सफल भएकोमा कार्यसमितिप्रति धन्यवाद व्यक्त गरेकी छन ।
मञ्चले कुलबहादुर आचार्यको अध्यक्षता र उषाकिरण भण्डारीको प्रमुख आतिथ्यमा सोमबार बिहान उद्घाटन समारोहको आयोजना गरेको थियो । सो अवसरमा मदन भण्डारी बौद्धिक मञ्च नेपालको साङ्गठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।
३ वर्षे कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएका डाक्टर बाबुराम अधिकारीले शिद्धान्तनिष्ट राजनीतिक वैचारिक अगुवा मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (सिद्धान्त) लाई विभिन्न कोणबाट व्याख्या, विश्लेषण गर्न बौद्धिक मञ्चले थिङ्क ट्याङ्कुको भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका थिए । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्व अध्यक्ष डाक्टर अधिकारी हाल मदन भण्डारी मेमोरियल केलजका प्रमुख समेत रहेका छन ।
मदन भण्डारी बौद्धिक मञ्च नेपाल लगायत मदन भण्डारी मेमोरियल कलेज, मदन भण्डारी स्पोर्टस् एकेडेमी, मदन भण्डारी कला साहित्य प्रतिष्ठान, मदन भण्डारी कृषि प्राविधिक स्कुल फाउण्डेसनमा आवद्ध छन् ।