ग्रिनल्यान्ड बास्केटबलमा क्वाटरफाइनल समीकरण पूरा

ग्रिनल्यान्ड बास्केटबलमा क्वाटरफाइनल समीकरण पूरा
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ८।

ग्रिनल्यान्ड स्कुलको आयोजनामा भइरहेको १८ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण शुक्रबार तयार भएको छ । सिनियर र जुनियर ब्वाइज तथा सिनियर गल्र्समा क्वाटरफाइनल समीकरण तयार भयो ।
सिनियर ब्वाइजमा कन्स्टिलेसनले डीबीए, ग्रिनल्यान्ड ‘ए’ ले एचएचसीए, भयाली पब्लिकले टीआईए तथा गोल्डेनपिकले लालीगुराँस नेसनल एकेडेमीसंग खेल्ने छन् ।
जुनियर ब्वाइजको क्वाटरफाइनल लालीगुराँस र सेब, भ्याली पब्लिक र एन्जल्स हार्ट, किङडम हिमालयन र हिमरश्मि तथा ग्रिनफिल्ड र गोल्डेनपिकबीच खेल हुनेछ ।
सिनियर गल्र्समा ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी, पारमाउन्टले फेरिल्यान्ड, भ्याली पब्लिकले बीएएस र तेजस्वीले टीआईए विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

तपाइँको प्रतिक्रिया ।