बर्लिनको पर्खालको डोब पछ्याउँदै : महेन्द्र चालिसे (यात्रासंस्मरण)
कपन अनलाइन
काठमाडौं, साउन ५।
“खाली आफुमात्र घुम्छ, हामिलाई पनि यसो जाउँ भने हुन्छ नी”, अचम्ममा पर्छु म धन्वन्तरीले एक्कासी यसो भन्दा ।
भन न कहाँ जाने, अनि फेरी तिमीलाई मैले लग्नुपर्छ ? १ महिनामा ३० दिन हुन्छ, ३५ दिन त जो मान्छे घुमिरहेको हुन्छ, ऊं फेरी हामीलाई भन्छ घुमाउ – म उस्लाई जवाफ दिन्छु । हाम्रो बीच यस्तो संवाद प्राय भइनै रहन्छ र यो क्रम पचासौं वर्ष देखि चलि नै रहेछ तर जती जे भने पनि हामी दुइ बीच आजका दिनसम्म कुनै मन मुटाव भएको छैन । हुन त ऊ घुम्न निकै सोखिन मान्छे, प्रायः प्रकृतिसँग हराउन रुचाउने । एक दिन ऊ साँच्चै गम्भिर भएर भन्छ– “महेन्द्र ल त एकपल्ट युरोपतिर जानुप¥यो ।” म अझै उसलाई जिस्काउँदै भन्छु– “जाउ न, तिमीलाई युरोप जान कत्रो कुरा भयो र, जान्छु मात्र भनन, भोलि जान सक्छौ । हून त मैले यो कुरा कुनै आधार विना भनेको थिइन, त्यस्को एउटा ठूलो आधार र विश्वास थियो, तर धन्वन्तरीले मेरो कुरा बुझेन र अलि झर्केर जवाफ दियो–“अँ युरोपमा मेरो ससुरा छन् मलाई ससुराली आइजो भनेर निम्ता गर्छ”
म अभैm रमाइलो मान्दै भन्छु– त के भयो ससुरा नभएर साथी त छ नी, तिमी साँच्चै जाने हो भने ल, म युरोप आउँछु मलाई एउटा निम्ता पत्र पठाउ त भनेर खवर गरन, तिमीले खवर गरेको १० मिनेटमा तिमीलाई चिठी आएन भने, तिमी जे भन्छौ म त्यही गर्न तयार छु । म पनि दृढ विश्वाससँग भनिदिन्छु धन्वन्तरी मिश्र एक क्षण जिल्ल पर्छ– आश्चर्य मिश्रीत शब्दमा भन्छ,“हैन मेरो आग्रह १० मिनेट भित्रमा पुरा गरिदिने मेरो मित्र जो मलाई नै थाहा छैन, को भनत”
हुन त ऊँ मेरो अभिन्न मित्र हो, हामी तीन जनानै एक अर्काका लागि निस्वार्थी साथी हौं र हामी तीन वीच कूनै दिन केही स्वार्थ वाझेको छैन । उनीहरू दुवैजना मेरो मित्र हुन तर साँच्चै भन्नुपर्दा ती दुवै मेरो बावाका पृय थिए र उनीहरू मसँग भन्दा बढी बाबासँग नजिक थिए । यी दुवैको बारेमा वावाले भन्ने गर्नुहुन्थ्यो– “यिनीहरूले आफ्नो लेखाईलाई निरन्तरता दिए भने यिनीहरूको लेखाई धेरै उत्कृष्ट हुन्छ ।” हो त्यो तेश्रो साथी थियो रमेश प्रसाद खनाल जो धन्वन्तरीको र मेरो युरोप जानेबारे कुरा हुँदा जर्मनस्थित नेपाली दुतावासमा राजदूत थियो । तर खै किन हो धनले त्यो कुरा याद गरेन छ, कि, या रमेशले वोलाउन मिल्छ भन्ठानेन छ कि यो उसैले जानोस मैले उस्लाई सोधिन ।
“हैन को साथी” भनन मलाई एकदमै खुल्दुली भयो ।” धन्वन्तरी साँच्चै अन्योलको स्वरमा सोध्छ । मलाई रमाइलो लागिरहेको थियो । हाँस्दै भनें– के तिमी साँच्चै युरोप घुम्ने हो त? चिठी त उस्ले पठाउँछ । त्यो पक्का छ ल खान बस्न पनि उस्ले राख्छ, तिमीलाई उस्ले कुनै पनि हालतमा होटलमा वस भन्दैन, त्यो पनि मलाई विश्वास छ, अनि उस्ले घुम्न पनि तिमिलाई गाडीमै घुम्ने व्यवस्था मिलाइ दिन्छ, तर हवाइजहाजको टिकट त किन्देउ भन्न त अलि मिल्दैन । युरोपको टिकट महंगो छ, लाखौं रुपैयाँ पर्छ, खर्च गरेर जाने ?
सायद धनलाई मेरो कुरामा विश्वास लाग्दैन । ऊ, तुरुन्तै ल जाने, को साथी हो, ल मलाई एउटा स्पोन्सर पत्र मगाइदेउ, ऊ झर्केर भन्छ । म अभैm उसलाई चिड्याउने मुडमा हुन्छु र भन्छु– अँ तिम्रो साथीलाई मैले चिठी पठाइ दे भन्दा उस्ले के भन्ठान्ला । अनि मलाई पनि लग्ला भनेको त आफु एक्लैलाई चिठी मगाइदे पो भन्छ ।
“ए बाबा, कस्लाई चिठी मगाउने, त्यो नी थाहा छैन, चिठी हुदैमा भिषा दिन्छ कि दिंदैन, त्यो पनि कुन देशमा हो थाहा छैन, फेरी तिमीलाई पनि लग्छु भन्नुपर्ने मैले” धन्वन्तरी हाँस्दै जवाफ दिन्छ र उस्को भावले के देखाउंदै थियो भने म उस्लाई जिस्काउँदै छु ।
अब म हाम्रो कुरालाई विट मार्ने तरखरमा लागें, किनकि हामी त्यतिवेला सुरभी साहित्य प्रतिष्ठानले आयोजना गर्ने मासिक कथा वाचन कार्यक्रममा गएका थियौं र कार्यक्रम सुरु हुने तरखरमा थियो । धन, ल तिमी घर गएर पहिलो काम के गर भने रमेश खनाल जो अहिले जर्मनीमा राजदूत छ उस्लाई नेपालस्थित जर्मन दुतावासको काउन्सरलाई एउटा चिठी पठाउनु भन । घुम्न बोलाएको, भिषा उपलब्ध गराई दिनु भन्ने ब्यहोराको । त्यति भनेपछि रमेशले बुझिहाल्छ । अनि महेन्द्र पनि पाए त आउछु भन्थ्यो भनन, के भन्छ रमेशले (हुन त म पुरै विश्वस्त थिएँ रमशले हुँदैन त भन्दै भन्दैन भनेर) ।
“हत्तेरी, मैले रमेशको त ख्यालै नगरेको । वोलाउँन मिल्छ उस्ले” धन एकदम आश्चर्य चकित स्वरमा भन्छ । ल ल म घर पुग्नासाथ रमेशलाई मेसेज गर्छु हामी दुईजनालाई जर्मन आउन भनेर वोलाएको चिठी पठाई देउ न भनेर ।
त्यही दिनको वेलुकी आठ वजेतिर धन्वन्तरीले फोन गर्छ । मैले दिउँसो फर्केर आएपछि रमेशलाई मेसेज गरेको थिएँ । अहिले एकै क्षण अघि उस्ले फोन गरेको थियो । पहिला त पत्याएन मैले साँच्ची हो म घुम्न आउँछु भने पछि हुुन्छ म चिठी पठाइ दिन्छु भन्यो । मैले तिम्रो बारेमा पनि भन्दा त रमेशले के भन्यो थाहा छ ? त्यो महेन्द्रलाइ कैले देखि मेरो चिठीको आवश्यक परेछ ? त्यो कति चोटि काँ काँ पुगिसक्यो, कहिल्यै भेट्ने कोशिस गर्दैन । अहिले पनि त्यस्ले गफ लगाई दियो, त्यो आउँदैन, धन रमेशले भनेको कुरा गर्छ । तर पछि धनले साँच्चै आउँछ ऊ पनि, उसैले यो सल्लाह गरेको हो, मलाई यस बारेमा थाहै थिएन भनेपछि ल भैगो त म तिमीहरू दुवैको चिठी उसैको मेलमा पठाइ दिन्छु भनेको छ भँदेउ। त्सैले रमेशको चिठी आएपछि मलाईmखवर गरन ।
धनसँग कुरा भएपछि मलाई संकट प¥यो । जाने कि नजाने । आउँ यसअघि २ पल्ट जर्मनकै संस्थाहरूको खर्चमा ज्वाईं गए जसरी घुमेर आइ सकेको, यसपटक आफै लाखौं खर्च गरेर घुम्ने ? हामी जस्ता मध्यम परिवारका व्यक्तिले सकिन्छ ? नजाउँ साथीहरूको विश्वास गुमाइने । जे होस कुनै निक्र्यौल निस्किएको थिएन । रमेशले राजदूतको लेटरप्याडमा मलाई र धन्वन्तरीलाई स्पोन्सर लेटर पठाइदियो र भिषा प्रोसेसको लागि धन्वन्तरीले तागिता लगाउन थाल्यो, ल अव निश्चय गरियो, १५ दिनलाई मित्र रमेश खनालको पाहुना भएर जर्मनको राजधानी बर्लिन लाने नै भैयो ।
भिषा लिने प्रोसेस पनि पहिलाको भन्दा फरक भएछ । पहिला भिषा फारम भरेर आवश्यक कागजपत्र दुतावासमा दर्ता गर्नुपथ्र्यो तर अव त अनलाइन दर्ता गरेपछि अन्तर्वाताको मिति दिंदो रहेछ । अचम्म, एकैचोटी ५ मिनेटको अन्तरालमा भरेको फारमको अन्तर्वार्ता मिति अघिल्लो दिन र भोलिपल्ट । धन्वन्तरीको अघिल्लो दिन भयो र मेरो भोलिपल्ट । निर्धारित मितिमा अन्तरवार्ता दिन गएं र आफ्नो पालो कुरी बसे ।
भित्र पसियो म भन्दा अगाडी ५–६ जना थिए, भिषाको लागि अन्तर्वार्ता लिने ब्यक्ति नेपाली थिए । मैले यसअघि जर्मन दुतावासमा २ पल्ट अन्तवार्ता दिएँ दुवैपल्ट मलाई अन्तर्वार्ता लिने अधिकारी जर्मनी नै थिए । प्वाइन्ट टु प्वाइन्ट सवाल जवाफ हुन्थ्यो– सवै सान्दर्भिक । तर त्यसदिन म भन्दा अघिकालाई नेपाली अधिकारीले खै अन्ट सन्ट सवालहरू सोधेको छ, जस्को भ्रमणसंग केही कुनै साइनो नै छैन । मलाई पनि यस्तो अन्ट सन्ट सोध्यो भने त खै के जवाफ दिने । आजसम्म कहीं कतै भिषा रिजेक्ट नभएको म तर आज चाहिं भिषा देला जस्तो छैन । म भन्दा अघिका ४ जनासँग अन्तर्वार्ता लिइसक्दा ४ जनाको भिषा रिजेक्ट भन्ने मैले ती भिषा अधिकारीका हाउभाउबाट बुझिसकेको थिएँ । मनमनै ठानें– लौ भगवान भरोसा, अर्काको हातको कुरा ।
ठ्याक्कै मेरो अन्तर्वार्ताको पालो पनि आयो– भिषा अधिकारीको सिफ्ट पनि सकिएछ र हेलो भन्दै वैसाखी टेक्दै एक महिला अन्तरवार्ता लिने सिटमा आएर वसीन् जो जर्मन महिला थिईन् । मैले लामो स्वास फेरें किनकी मानसिक रुपमा अव म निश्चत भएं कि म यस्लाई त सजिलै कन्भिन्स गर्न सक्छु । उस्ले मेरो पासपोर्ट (मैले मेरो मिति सकिएको पासपोर्टहरू पनि नत्थी गरेको थिएं) मा लागेका भिषाहरू ह्ेर्न थाली र भनी “तपाईको ट्राभल हिष्ट्री त धेरै राम्रो रहेछ । भन्नोस त तपाईंलाई नेपालीराजदूतले के कामको लागि किन जर्मन वोलाएको ? मेरो जवाफसुनेर ऊँ मज्जाले हाँसी । मैले मेरो कागजपत्रमा राख्नुपर्ने एउटा कागज जस्ले मेरो आर्थिक स्थिति देखाउँथ्यो, त्यो राखिनछु । उस्ले प्रश्न गरी– तपाईंको आर्थिक हैसियत खुलेन, के गर्ने ? ओहो मैले गल्ती गरेछु, बैंकबाट स्टेटमेन्ट ल्याउन । तर मसँग अन्तर्राष्ट्रिय क्रेडिट कार्ड छ, र नेपालको पनि ५ वटाको बैंकको एटिएम कार्ड छ, । यतिले काम चल्छ भनेर उस्को प्रश्नको जवाफमा प्रश्नै गरें । उसले मेरो क्रेडिट मागेर हेरी अनि त्यस्को फोटोकपि गरेर हाँस्दै भनी– “एक त योर एक्सीलेन्सी एम्वेसडरको पाहुना, दोश्रो सिटी बैंक अमेरिकाको मास्टर कार्ड कसरी चल्दैन भनौं ।”
मैले पनि हाँस्दै भनें– मैले भिषा पाएँ भनेर ठानौं ?“जवाफमा ऊ हाँस्छे” र भन्छे– त्यो त तपाईंले पासपोर्ट पाएपछि थाहा हुन्छ किनकि डिसीजन त काउन्सलरको हो म त तपाईंको डकुमेन्ट्स र तपाईं र म वीचको संवादको नतिजा काउन्सलरकहाँ पठाइदिने कडि मात्रै हो । उन्ले ३ दीनपछि पासपोर्ट लिन आउनु भनिन् । भनिएको ३ दिनपछि गएर पासपोर्ट लिएर हेरेँ मैले जम्मा १४ दिनलाई भिषा मागेको थिएँ तर मलाई त प्रत्येक चोटीमा १ महिना बस्न मिल्ने गरी २ बर्षकालागि मल्टिपल भिषा दिएछन् । जस्को फाइदा मैले पछि नेदरल्याण्ड र फ्रान्स जाँदा उठाएँ । तर धनलाई १४ दिनको मात्रै दिएकोले हामी १४ दिन नघाएर बस्न चाहिँ मिलेन ।
निर्धारित मिति अर्थात २०७३ साल फगुन ४ गते हामि वर्लिनको लागि उड्यौं । उड्नु अघि रमेशलाई खवर गरेका थियौं र रमेशले एयरपोर्टमा गाडि पठाइ दिन्छु भनेको थियो र सोही अनुसार हामि इमिग्रेसनको सवै काम सकाएर वाहिर निक्लँदा ड्राइभर ढोकैमा हामिलाई कुरीरहेको रहेछ उस्ले सोभैm राजदूतको निवासमा लिएर गयो, जहाँ रमेश र भाउजु हामिलाई पर्खिरहनु भएको थियो । एकाध घण्टा भलाकुसारी गरियो र खाना खाएर सुतियो ।
हाम्रो भ्रमणको बेला फागुन ७ गते परेकोथियो । विदेशस्थित सवै दुतावासले देशको झण्डा फहराएर कार्यक्रम गर्नुपर्ने रहेछ । हामी त्यहाँ अतिथिका रुपमा सहभागी भयौं । हाम्रो परिचय नेपालका साहित्यकारको रुपमा दिइयो । साहित्यकार भएपछि केही न केही त भन्नै प¥यो तसर्थ हामीले १ १ वटा कथा बाचन गर्यौ र सोही कार्यक्रममा धन्वन्तरीको नयां प्रकाशित पुस्तक “कोमामा आमा” को विमोचन पनि जर्मनस्थित नेपाली राजदूत श्री रमेश प्रसाद खनालको हातबाट गरियो । मैले सामान्यतया यस्ता कार्यक्रमहरूमा पहिले कहिल्यै भाग लिएको थिइन । समग्रमा रमाइलै हुँदो रहेछ – त्यस्मा पनि महामहिम राजदूतको विशेष पाहुना । के चाहियो र ?
हाम्रो त्यो १४ दिनमा ७–८ दिन रमेशकहाँ बस्ने र बर्लिन घुम्ने, एकदिन त्यहाँबाट चेकको राजधानी प्राग घुम्ने अनीत्यहाँबाट बेल्जियमको एन्ट्रवीप शहरमा ४ दिन जति बस्ने र त्यहीँबाट ब्रसेल्स र एमस्ट्रडम घुमेर वेल्जियमबाट नेपाल फर्कने कार्यक्रम थियो ।
हाल जर्मनीको राजधानी वर्लिन । यो जर्मनीको सवैभन्दा ठूलो र युरोपीयन युनियनको दोश्रो सवैभन्दा ठूलो शहर हो । बर्लिन शहर १३ औं शताब्दीमा स्थापित भएको थियो । विगतमा वर्लिन विभिन्न साम्राज्यको राजधानीको रुपमा परिचित थियो । जस्तो १७०१ देखि प्रुशिया राज्यको, १८७१ देखि १९१८ सम्म जर्मन साम्राज्यको, १९१९ देखि वेइमार गणतन्त्र, १९३३ देखि १९४५ सम्म तेश्रो राइख राज्य । दोश्रो विश्वयुद्ध पछि बर्लिन शहर २ भागमा बाँडियो बर्लिनमा पर्खाल ठड्याएर जर्मनीलाई पूर्वि र पश्चिम जर्मनमा बाँडियो । पूर्वि जर्मनको राजधानी चाहिं त्यही आधा बर्लिन नै रह्यो । तर सन १९८९ मा जव दुबै जर्मन एकिकरण भएर जर्मनको पर्खाल ढालियो बर्लिन फेरी एकिकृत जर्मनको राजधानी बन्यो । बर्लिन शहर बल्टिक शमुन्द्रको ११० मिल वर एल्ब र ओडर नदीको बीचमा स्प्री नदी वर्लिनको मध्य भाग भएर बगेको रमणीय शहर हो ।
वर्लिन सहर घुमाइको आनन्द उठाउने हो भने जुन जुलाई पछि घुम्न जानुपर्छ, त्यतिवेला बर्लिनमा दिन दिनै जस्तो उत्सवहरू आयोजना हुने गर्छन् तर जाडोयाममा त्यस्तो केही हुँदैन र घुमाई अलि निरस नै हुने गर्छ । बर्लिनमा घुम्ने डुल्ने असंख्य स्थानहरू छन् ती सवै घुम्न त महिनौं लाग्न सक्छ, त्यस्का लागि श्रोत साधनको पनि कुरा आउँछन् । हामि वर्लिन पुगेको पर्सीपल्ट दुतावासको गाडिमा हामीलाई वैंडनेवर्ग गेट जुन वर्लिनशहरको नियोक्लासिकल संरचना हो, त्यहाँ गइयो र त्यहाँबाट वर्लिन वाल मेमेरियल गयौं पुरै वर्लिन सहर युनेस्कोको विश्व सम्पदा अन्तर्गत पर्दोरहेछ– त्यहाँ दुनियाभरिको कलाहरू संग्रहित छन् । जस्मा मिश्रकी महारानी नेफरतीतीको प्रतिमा देखि लिएर पुनर्निर्मित “प्रेर्गमोन वेदी” सम्म सबै सामेल छन् । भनिन्छ बर्लिनमा मात्रै लगभग १७५ वटा कला संग्रहालय छन् र सयौं आर्ट ग्यालरीहरू छन् । कला प्रेमीहरूलाई कुन संग्रहालय जाने भनेर छान्न नै ठूलो चुनौती हुन्छ रे ।
भनिन्छ बर्लिन शहरको शुन्दरताको महसुस तुरुन्तै अर्थात देख्नासाथ गर्न सकिंदैन रे शहरको सुन्दरता देख्न, महसुस गर्न त केही समय लाग्छ रे । ठंडा हावा, हप्तौं चिसोले कठ्यांग्रिएका अवस्थामा जव एक्कासी सूर्यको चमकदार किरणले स्पर्श गर्छ तब वर्लिनको सुन्दरता देखेर कोही पनि मुसुक्क नमुस्कुराई वस्न सक्दैनन् रे ।
हामी बर्लिन शहर घुम्दा के महसुस भयो भने स्ट्रिट आर्ट त्यहाँको प्रमुख आकर्षणको केन्द्र हो । स्ट्रिट आर्टको लागि बर्लिन संसारकै उत्तम शहर मध्ये प्रमुख हुनुपर्छ । स्ट्रिट आर्ट र भित्ते चित्रको एउटा छुट्टै संग्रहालय “अर्वत नेशन” भएको शहर वर्लिन मात्र हुन सक्छ । अरु देशको यस्तो स्ट्रिट आर्टको र भित्ते चित्रको छुट्टै संग्रहालय छ भनेर सुनिएको छैन । हुन त बर्लिन शहर रात्री जिवन र रात्री क्लवको लागि पनि मसहुर छ भनिन्छ तर हामिले यस्को अनुभव गरेनौं, किनकि रातपरेपछि हामि राजदूत निवासमै गफमा यति मस्त हुन्थ्यौं कि कतिखेर सुत्ने समय भैसक्यो थाहै हुँदैनथ्यो ।
हाम्रो बर्लिन बसाई आठ दिनको थियो, त्यही आठदीनको बीचमा १ दिन हामी प्राग जाने योजना थियो । रमेशको निवासमा वसुञ्जेल हामिलाई प्राय रमेशको ड्राइभरले घुमाइ दिन्थ्यो ।
“बाबुहरू यहाँ आएपछि सामानहरू पनि त किन्नु पर्छ नी, ल भोलि दिनभरी तपाईंहरूलाई म बजार घुमाउछु”– भाउजुले प्रस्ताव राख्नुभयो । “धनले त किन्ला, महेन्द्र त खै ? रमेश भन्छ । म चाहिंं किन नकिन्ने नी ? म रमेशलाई सोध्छु । “तिमी घुमिराख्ने मान्छे जहाँ गएपनि अलि अलि किन्दा पनि धेरै हुन्छ भनेर नी”– रमेश जिस्काउँछ ।
खै ७–८ दिन कसरी वित्यो कुन्नी थाहै भएन ।फागुन १३ या १४ गते विहानै हामि रमेशको निवासबाट रमेश र भाउजुसँग विदा भएर वेल्जियमको एन्ट्रिवप शहरको लागि प्रस्थान ग¥यौं । त्यहाँ हामी ४–५ दिन सुनिता भाउजुको (धन्वन्तरीको श्रीमती)को बहिनी ज्वाइकहाँ पाहुना लाग्ने गरी जाँदै थियौं र त्यहीं केन्द्रविन्दु बनाएर ब्रसेल्स र एम्स्ट्रडम घुम्ने कार्यक्रम थियो । हुन त म ती सवै ठाऊं घुमिसकेको थिएँ, तर धन गएको थिएन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक