वातावरण दुषित नहोस् : अस्मिना नेपाल (कविता )

वातावरण दुषित नहोस् :  अस्मिना नेपाल (कविता )

कपन अनलाइन
काठमाडौं, साउन ५।

प्राकृतिक सम्पदाको खानी सुन्दर हाम्रो देश !
तर किन पारिँदैछ दुषित यो परिवेश?

वातावरणमा नराम्रो असर पर्दै गएछ
सबैको कारण मानव नै रहेछ
यसैको कारण मानवले आफूभित्र तान्ने
हावाको मात्रा कम भएछ ।
जीवजन्तु र मानव सभ्यता
वातावरण सबैको साझा !
तर हाम्रै कारण हुँदैरहेछ पर्यावरण नाश
गाह्रो हुँदैछ है फेर्न स्वच्छ सास ।
ल है जागौँ यसलाई ठीक पार्न
कदापि हुँदैन आफैँले आफूलाई मार्न !

चराचुरी बस्ने जङ्गल
मासेपछि हुन्न मङ्गल
नदी नाला सुकेर खाली
बिग्रिजालान् अन्न बाली
बुझेर हामी सबै काममा लागौँ
वातावरण राम्रो राख्नु छ, जागौँ !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।