एक्लो वृहस्पति : वसन्त रिजाल (कविता )
कपन अनलाइन
काठमाडौं, जेठ १९।
कवाफमा हड्डी बन्न
रहर छैन वाध्यता भित्रको बाध्यता
परिवन्धको बाध्यता
मनलाग्दी गर्न छुट
गर जति सक्छौ गर
अहिलेलाई मैले वाक्ओभर दिएँ ।
कति चन्दा कस्तो कस्तो धन्दा
कतिकति भन्दा
एक्लो वृहस्पति भो अब म बन्दिन
तिमी मान्छे तलबी, तिमी मान्छे मत्लबी
जानाजान अन्जान भएर
म ल्याप्चे ठोक्न सक्दिन
तिम्रो बाध्यता तिम्रो निरिहता
मान्छे कम चारखुट्टे बढी
टुलुटुलु हेरिरहुँ पट्टी बाँधेर आँखामा
मेरो आँखा गुच्चा होइन ।
काम छैन, नपाएर काम
साछी बस्न, ताली ठोक्न, धार्नीको टाउको हल्लाउन
गलाएर खुट्टा ठिङ्ग
म बुख्याचा बनेर उभिरहुँ
निरिह भएर हेरिरहुँ
मलाई बुख्याचा बन्नु छैन ।
मुख छ बोल्न खोज्छ,आँखा छ हेर्न खोज्छ
कान छ सुन्न खोज्छ
हृदय छ सत्य ओकल्न खोज्छ
असत्यको बिग्बिगीमा एक्लो वृहस्पति हो म बनेकै हो
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।