नयाँ वर्ष : अंशु भट्ट (कविता )

नयाँ वर्ष : अंशु भट्ट (कविता )

कपन अनलाइन

काठमाण्डौ,बैशाख २२।

आत्मीयताको आझ सूमधुर संगीत बनी आओस् नयाँबर्ष ।
हिजो लागेका हरेक घाउ–चोटको मलम बनि आओस नयाँबर्ष ।।
ति रोइरहेका आँखामा, असिमित हर्ष उल्लास बोकी आओस नयाँबर्ष ।
आँखाका कसिङ्गर उडाईलाने साँचो मित्र बनि आओस नयाँबर्ष ।।

सत्यताको बेजोड प्रहार अनि, झुटको सर्मनाक अन्त्य बनी आओस् नयाँबर्ष ।
भोकालाई भोजन, बेसाहारालाई साहारा, रोगीलागि औषधि ।।
आनि कमजोरलाई आत्मबल बनी आओस् नयाँबर्ष ।
नयाँ नयाँ सपना र साकार विपनीले सुसज्जित बनाउने अवसर बानी आओस नयाँबर्ष ।।
आत्मियताको अझै सुमघुर संगीत बनी आओस् नयाँबर्ष ।
रिस, राग अनि हीनता बोधको आत्यको विगुल फुक्दै,
प्रेम, सम्मान, स्वाभीमान अनि सफलताको झितिज बनि छाओस् नयाँवर्ष ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।