नयाँबर्ष २०८१ : अनिता भण्डारी (पौडेल)

नयाँबर्ष २०८१ : अनिता भण्डारी (पौडेल)

कपन अनलाइन

काठमाण्डौ,बैशाख २२।

खुशीले छाउछ यो मन नयाँ बर्ष तिम्रो आगमनले
तरंगित बनाउछ झन्झन नयाँ बर्ष तिम्रो आगमनले
हरियाली बसन्त अनि बगैचाका रंगिन फूलहरुमा
आहा ! छचल्किन्छ यौवन नयाँ बर्ष तिम्रो आगमनले

हरेक बर्षमा फेरिरहने पात्रोसंगै फेरिन्छन रहरहरु
कसैको मिठा मिठा यादहरुसंगै फेरिन्छन नजरहरु
प्रत्येक सेकेन्डमा उनकै नामले धड्कीरहने यो मुटुपनि
समयसंगै बगिरहने मनको बेगसंगै फेरिन्छन प्रहरहरू

असी साललाई बिदा गर्ने चटार थियो लौ एक्कासी आयो
धेरै काम सक्छु आजै भन्ने रफ्तार थियो लौ एक्कासी आयो
कयौं सपना पुरा हुदैनन् तर सपना देख्नलाई छोड्छ र कस्ले
राम्रा नराम्रा काम केलाउने हतार थियो लौ एक्कासी आयो

सुन माया तिम्रो मेरो कहानी लेख्न बाँकी छ
कस्तो हुन्छ होला हाम्रो भविष्य देख्न बाँकी छ
हजारौं यादहरु पुग्छन तिम्रो सामू रोक्न सक्दीन
यथार्थमा अब तिम्रो आँगनमा टेक्न बाँकी छ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।