लाहुरेको पौरखमा रमेको रामबहादुरको जीवन :मनहरि चापागाइँ (कथा)
कपन अनलाइन
काठमाडौं , बैशाख १५।
कुनै एक विकट गाउँको गुरुङ बस्तिमा ब्रिटिश लाहुरे भर्ती हुन सिंगापुर, बेलायत जानु कुनै ठूलो कुरा थिएन । प्राय सबै भिडथे । सक्नेजति गइहाल्थे, नसक्ने नेपाली आर्मी र प्रहरीमा भएपनि माखो मार्थे । हुर्केका सन्तानलाई फौजीमा भिडाउने परम्परा त्यो गुरुङ गाउँमा नौलो भने होइन । सबैले गरिरहेकै कुरा गर्नु के नौलो भयो र ।
सानैमा आमा बितेका राम बहादुरका बुबा पनि पूर्वलाहुरे थिए । आमाको देहावसानपछि बुबाले कान्छी आमा ल्याएका थिए । उनीपट्टीको पनि एउटा छोरा थियो ।सौतेनी न हुन्, व्यबहारमा झल्किहाल्थ्यो नि । बुबा घरमा नभएपछि त्यो भाइमा गर्ने व्यवहार र उनमा गरिने व्यवहारमा अलि विषमता आउँथ्यो ।
स्वस्थानीमा गोमापुत्र नवराज झैँ घोचपेच गरेर बोल्न जान्दैनथे उनी । भाइ नजिकैको प्राइभेट विद्यालयमा पढ्थे भने राम बहादुर अलिपरको सरकारी विद्यालयमा पढ्थे ।
पढाइ र उमेरले परिपक्क भएपछी बुबाले सिंगापुरे लाहुरेमा भर्ती हुन अर्ति दिए । बुबाले भनेझैं मेहनत गरे, दुख गरे तर एकै पल्टमा उनलाई सफलता हासिल गर्न गार्हो प¥यो, बीचमै फालिए ।
कोसिस जारी राखे दोस्रोपल्ट पनि फालिए तर तेस्रो पल्टमा त्यसअघिको अनुभव र अन्य साथीहरूले गरेझैं गर्दा उनी सफल भए । उनको र बुबाको सपना पूरा भयो । त्यस भित्रका मेहेनत, प्रयास, कोशिस त् छदैछ ।
२÷३ बर्ष बितेपछि अब बिबाह गर्ने अठोट बनाएर रामबहादुर बिदामा घर फिरे । नभन्दै घरजम पनि गरे ।श्रीमती पनि रामबहादुरको जागिरको अबधि पूरा नहुँदा सम्म सिंगापुर बसिन् । उतै १ छोरा अनि १ छोरी भए ।सेवानिवृत्त भएपछी आफ्नो परिवारसहित नेपाल फर्कने निर्णय गरे ।
दुःख गरेर सिंगापुरे लाहुरेमा भर्ती भएका रामबहादुरले टन्नै पैसो ल्याएछन् । लाहुरे, त्यो पनि सिंगापुरे जोस÷फुर्ति नै अर्कै । अवकाशको समयमा निर्कल्य रकम पनि टन्नै पेन्सन त् छँदै छ ।
अरू भन्दा पनि तुलनात्मक रूपमा सुरक्षा क्षेत्रमा काम गर्ने कर्मचारीको फुर्ति नै अर्कै हुन्छ ।
लाहुरबाट फर्किँदा केही काम नभए बोटबाट सुकेको पात मात्रै भनेपनि टिपेर ल्याउँछन् । तर हात खाली राख्दैनन् ।
रामबहादुरले पनि पैसा टन्नै लिएर फर्केका थिँदै थिए । अनि त्यसैले गाईपालन सुरू गर्ने निधो गरे । अब बिहान–बिहान दूध दुहुने उनको दैनिकी बन्यो । गाउँगाउँमा खोलिएका डेरीवालाले गर्दा दुध नबिक्ने भन्ने कुनै टेन्सन थिएन ।
४–५ ओटा गाईबाट सुरु गरेको ब्यबसायले अहिले १०–११ जनालाई त् रोजगारी नै दिइरहेको छ । लाहुरे भएकाले पनि होला, उसलाई किर्ते काम गर्न आएन । त्यसैले त न दुधमा पानी मिसाउँथे, न घ्युमा अन्य पदार्थ नै ।
यत्तिकै ब्यबसाय चलिरहेको थियो । घरैमा पालेको व्होलस्ट्यान बाछी पनि ब्याउने भइछिन्, उ मख्ख छ । तर, सधैं सबै एक नासको जिबन कहा चल्छ र ! व्यापार भए घाटा÷नाफा, दुश्मनी भए झगडा÷हानाहान इन्यादी त् छदै छ ।
अरु भन्दा बढी र सबैले छोडेको खाने गुनिलो थिइन् बाछी । अरूले छोडेको भएपनि उसको भाँडामा हाल्देपछि सरप्प खाने । रामबहादुरको पनि मनले असाध्यै प्रेम गरेको कोरली ।
सास फेराइले त जन्तु बिरामी÷तगडाको ठेगान नै नहुने । सदाझैँ रामबहादुरले खोरेत र नाम्लेको औषधि चाहिँ बेलैमा गर्थे । जनावर होस् वा व्यक्ति । आफूले अगाडिदेखि नै घुलमिल गरेको र नाता लगाएकोसँग हुने ब्यबहारमा केही भिन्नता त् आउछ नै ।
हुन त् जनरल टेक्निसियन थिए तर सबैले डाक्टर नामले प्रख्यात थिए गोदत्तप्रसाद । राम्रो ख्याति कमाएका डाक्टर आफ्नै फर्म पनि छुटै चलाका थिए ।
१२ कक्षाको पढाइ सकेर आधा विधार्थी भुर्र बाहिर उडे जस्तै उनलाई पनि के जागर चल्यो कुन्नि, प्रक्रिया गरेको महिना दिन नबित्दै भिसा आएछ । जान नपाएहरूका त् थुक्क भन्दै बेलाबेलामा बिस्मात मान्छन्, उनको त् झन् भिसा नै आएको, नजाने कुरै भएन ।
ती डाक्टर राम्रै थिए, रामबहादुरले भनेको बेला जहाँ भएपनि आइपुग्थे । फुर्तिलो अनि सजिलो । तर, विदेश नै जाने भनेपछि रामबहादुरले रोक्ने कुरै भएन, अर्को डाक्टरको खोजिमा लागे उनी ।
अब त् पाका डाक्टर खोजेछन् राम बहादुरले । बुडा भएपनि जोश–जागर छुट्टै । बुडा भएपनि प्राक्टिकल लागि भन्दै तन्नेरी बोक्दै हिँड्थे, हिरोहोण्डामा । उनको पनि आफ्नै तालिका थियो ।पेशाले डाक्टर घरमा एउटा गाई पनि पालेका । धरधन्दा सकेर बिरामी गाईको दैनिकीमा पुग्थे ।
सेतै फुलेका मान्छे कामले पनि परिपक्क ठानेर होला, सबैले मान्थे गोदत्तप्रसादलाई । बेला–बेलामा बाहिरी जिल्लाको काम पनि उनलाई आउँथ्यो । डाक्टर फेरिएपछि सेडुल पनि अलिकति बिग्रिएछ रामबहादुरको ।
यसपालीको लम्पीको रोगले तहल्कै मचाउनेवाला छ । नेपालमा पनि २०७७ साउनमा मोरङमा पहिलोपटक लम्पी रोग पुष्टि भएको खबर सुने उनले । त्यसपश्चात नेपालका ७ वटै प्रदेशका विभिन्न जिल्लामा यो रोग फैलँदा दूध उत्पादनमा असर परेको खबरपछि पो उनी बिरक्तिए ।
धन्न बेलैमा उपचार गरेकाले देखिएको थिएन उनकोमा चाहिँ ।
अध्ययन गर्दै जाँदा लैनो गाईमा दूध दिने क्षमता ७० प्रतिशतसम्म घटेको कुरा पनि छिमेकी दाइले सुनाएछन् । त्यसपछि अत्तालिएर तुरुन्त फोन लगाए गोदत्तप्रसादलाई, कुनै समस्या नआओस् । अकास्मत, भेडालाई सुई लगाउने कामले हिमाली जिल्ला पुगेछन् गोदत्तप्रसाद ।
रामबहादुरका प्रायः लोकल गाई नै थिए, रोगको भय भने खासै थिएन । भय थियो त् त्यही एउटी कोरली, गुनिली बाच्छीको ।कहिलेकाही नहोला भनेको काम बेला बेला अकस्मात
भैहाल्छ । अरु तन्दुरुस्त नै थिए । तर, बिचरा ८ महिनाको कोरली बाच्छीलाई लम्पी स्किन रोगले समातेछ । अनि त ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिन थाल्यो ।
केही दिन त् रामबहादुरलाई हम्मेहम्मे प¥यो । त्यतिबेला रामबहादुरले ती बाच्छीलाई खान सक्ने जति कुरा उपलब्ध गराएर खुवाए ।
कोरली बाच्छीले पनि सकेको खादै गइन् । रामबहादुरले आफूले जानेका र सिकेका औषधि त् गरेकै थिए । चलि अमिलो, सख्खर, खोले, ग्लुकोज आदि त छदै छ ।
नभन्दै समय पुगेपछि अन्ततः ती गुनिली बाच्छीले सन्तान जन्माइन्, सन्तान प्राप्तिपश्चात् उनलाई आफ्नो रोगको भन्दा बाच्छीको माया बढ्यो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।