नगरपालिकाको आकस्मिक अनुगमनले विद्यालयहरुलाई समस्या भयो : तेन्जिङ भोटिया

नगरपालिकाको आकस्मिक अनुगमनले विद्यालयहरुलाई समस्या भयो : तेन्जिङ भोटिया

कपन अनलाइन

काठमाण्डौ,बैशाख ७।

नेसनल प्याव्सन बुढानिलकण्ठका अध्यक्ष तेन्जिङ भोटियाले शैक्षिक शत्रको मुखमा  नगरपालिकाले गरेको आकस्मिक अनुगमनले समस्या पारेको बताएका छन।

नयाँ भर्नाको समयमा नगरपालिकाले विभिन्न विद्यालयमा छापा मारेको शैलीमा सामाग्री जफत गर्ने र ताला लगाउने अवस्था सृजना भएको अवस्थामा कपन अनलाइन संग कुरा गर्दै भोटियाले पर्याप्त छलफल गरेको भए नेसनल प्याव्सनले सहजीकरण गर्ने बताएका छन।

हालको सुचना र आकस्मिक अनुगमनले नगरपालिकाका संस्थागत विद्यालयहरुमा निकै असहज अवस्था आएको भन्दै कानुन पालना गर्ने कुरामा विद्यालय सम्बन्धित संघ संगठनहरु संग पनि नगरपालिकाले परामर्श र छलफल गरेको भए राम्रो हुने बताउदै उनले विद्यालयहरुको तत्कालिन समस्या पनि बुझ्नुपर्ने बताएका छन।

कतिपय विद्यालयहरुमा  नगरपालिकाले अनुमति दिएको भन्दा फरक सामाग्रीहरुमौजात  रहेको अवस्थामा विद्यालयहरुलाई सो कार्यमा नगरपालिकाले  सहयोग गर्दा राम्रो हुने धारणा राख्दै भोटियाले संस्थागत विद्यालय =हरुलाई सकसपूर्ण भन्दा पनि सहजपूर्ण वातावरण निर्माण गर्नका लागि आग्रह समेत गरेका छन।

तपाइँको प्रतिक्रिया ।