बुढानिलकण्ठ नगरपालिका संस्थागत विद्यालय प्रति पूर्ण पूर्वाग्राही देखियो : राधेश्याम श्रेष्ठ

बुढानिलकण्ठ नगरपालिका संस्थागत विद्यालय प्रति पूर्ण पूर्वाग्राही देखियो : राधेश्याम श्रेष्ठ

कपन अनलाइन

काठमाण्डौ,बैशाख ७।

प्याव्सन बुढानिलकण्ठका अध्यक्ष राधेश्याम श्रेष्ठले  बुढानिलकण्ठ नगरपालिकाले शैक्षिक शत्रको मुखमा संस्थागत विद्यालयहरुलाई आतंकित बनाएर पूर्वाग्राही व्यवहार देखाएको बताएका छन।

नगरपालिकाले भर्ना अभियान शुरु भएको समयमा छापामार शैलीमा विद्यालयहरुमा अनुगमन भन्दै विभिन्न सामाग्रीहरु जफत गर्ने जस्तो कार्य गर्नु न्यायोचित नभएको बताउदै अध्यक्ष श्रेष्ठले सर्वपक्षीय प्रतिनिधित्व रहेको शिक्षा समिती,मा कुनै छलफल समेत नगरी एकाएक विद्यालयहरुमा छापा मार्ने शैलीमा जानु अशल अभ्यास नहुने बताएका छन।

नगरपालिकाले बैशाख ७ गते जारी गरेको सुचना प्रति लक्षित गर्दै बुढानिलकण्ठ नगरपालिकाले अन्य स्थानीय तहको सिको गरेर सूचना प्रकासित गर्दै शैक्षिक संस्थाहरुलाई अन्यौल र डरमा पार्नु भन्दा सरोकारवाला संस्थाहरु संग छलफल गरेको भए राम्रो हुने धारणा राख्दै श्रेष्ठले भर्नाको समयमा गरिएको उक्त गतिविधिले दिर्घकालिन रुपमा अशर पार्ने समेत बताएका छन।

बिना जानकारी र छलफल भएको अनुगमनले हजारौ विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्दै आएका संस्थागत विद्यालयहरु अहिले निकै अफ्ट्यारोमा परेको भन्दै श्रेष्ठले यस्तो अन्यायपूर्ण गतिविधि नरोकिए आफुहरु पनि कडा कदम उठाउन बाध्य हुने धारणा राखेका छन।

तपाइँको प्रतिक्रिया ।