चन्द्रागिरी नगरपालिका क्लोथ बैक संचालन

चन्द्रागिरी नगरपालिका क्लोथ बैक संचालन

कपन अनलाइन

काठमाण्डौ,चैत २६ ।

कोही कपडा विहिन नरहुन् भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै सबैका लागि पुण्य काम गर्ने उद्धेश्यले स्थापना भएको क्लोथ एण्ड फुड बैक चन्द्रागिरी नगरपालिकामा औपचारिक रुपमा स्थापना भएको छ ।  चन्द्रागिरी नगरपालिकाको सभाहलमा एक औपचारीक कार्यक्रमका बिच क्लोथ एण्ड फुड बैकको स्थापना भएको हो । जहाँ तपाईले पुरानो लुगा दिने र नयाँ लुगा लिएर जाने अभियानको सुरुवात औपचारिक रुपमा सुरुवात भएको छ ।

क्लोथ बैंकको आज आइतबार चन्द्रागिरी नगरपालिकाकामा प्रमुख अतिथिको रुपमा महानायक राजेश हमाल, त्यस्तै अतिथिहरुमा टोखा नगरपालिकाका नगरप्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकिय अधिकृत हेम राज अर्याल,क्लोथ एण्ड फुड बैकका अध्यक्ष कमल जिसी, नगर प्रमुख लगायतले उद्घाटन गरेका थिए ।

मानव सेवाका लागि देशको सातै प्रदेशमा सञ्चालन हुन लागेको क्लोथ एन्ड फुड बैंक नेपालले प्रयोगमा नआएको घरमा यत्तिकै रहिरहेको पुरानो लत्ता कपडा सञ्चालन गरी पुन प्रशोधन गरेर आवश्यक पर्नेहरुका लागि निःशुल्क वितरण गर्ने उदेश्य छ । देसका सातै प्रदेशमा स्वोरुम हरु संचालन गरेर हामि जो कोहिले प्रयोग गर्न मिल्ने छ । आफ्नो घर, टोल र समाजलाई सफा राखौ १ भन्ने नाराका साथ यो अभियान जारी रहेको क्लोथ एण्ड फुड बैक नेपालका अध्यक्ष कमल जीसीले बताए  ।

कार्यक्रम नेपाल भर का सम्पूर्ण स्थानीय सरकार तथा विभिन्न निकायलाई सहकार्य का लागि आव्योहान गरेका थिए  । कार्यक्रमको उदघाटन गर्दै महानायक राजेश हमालले कपडा बिहिनलाई कपडा दिने र पुरा कपडा मुक्त गर्ने पुन्य कार्यमा सहभागी हनुका सबैलाई लागी महानायक राजेश हमालले आग्रह गरे  । चन्द्रागिरी नगरपालिका सञ्चालनमा आएको क्लोथ एण्ड फुड बैकले यस्तो नयाँ काम र उत्कृष्ट काम गर्न पाएकोमा नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आफु निकै हर्षित भएको बताए  ।

कुनै पनि व्यक्तिका लागि आवश्यक नभएको कपडा अरूलाई आवश्यक पर्ने भन्दै क्लोथ बैंकमा आफूलाई आवश्यक नपर्ने कपडा जम्मा गरिदिन सबैलाई आग्रह सकेत गरेका थिए  । त्यस्तै चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हेम राज अर्यालले क्लोथ एण्ड फुड बैक चन्द्रागिरी नगरपालिकामा संचालनमा आएपछि आफु धेरै उत्साहित भएको बताए  ।

चन्द्रागिरी नगरपालिका यस्तो पुण्य कार्यमा साझेदार हुने मौका पाएकोमा आफु निकै खुशी भएको र यस कार्यमा सबैले साथ र सहयोग गरिदिन आग्रह गरेका थिए  । नगरपालिका भित्र संचालन हुने कपडा संकलन बक्स राखिने बताउदै  यसको दिर्घकालिन रुपमा अडागी बढाउन समेत शुभकामना दिएका थिए ।

नगरका विभिन्न उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरूलाई पुनस् प्रशोधन रि–साइकल गरेर आवश्यकताका आधारमा वितरण गरिनेछ । अध्यक्ष जीसीका आगामी दुई वर्षमा कपडाविहीन मुक्त बनाउने र २०८२ सम्ममा देशभर फूड एम्बुलेन्ससमेत सञ्चालन गर्ने योजना बनाएकोबताउनुभयो । उनका अनुसार अहिलेसम्म १५४ स्थानीय तह यो अभियानमा जोडिएका छन् ।

तपाइँको प्रतिक्रिया ।