नेपाल ह्यान्डबल संघको केन्द्रिय संयोजकमा रामकृष्ण केसी
कपन अनलाइन
काठमाडौं , बैशाख १७ ।
नेपाल ह्यान्डबल संघको केन्द्रीय समितिको संयोजकमा रामकृष्ण केसी चयन भएका छन।
राखेपका अध्यक्ष तथा युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा बसेको बैठकले केसीलाई केन्द्रीय संयोजकमा मनोनीत गरेको हो ।
बुढानिलकण्ठ नगरपालिका वडा -११ का स्थायी बासिन्दा केसीलाई तीन महिना भित्र अधिवेशन तथा निर्वाचन गर्नेगरी संयोजकमा मनोनीत गरिएको हो।
तपाइँको प्रतिक्रिया ।