मण्डिखाटार फस्ट एमेच्योर टेनिस सम्पन्न

मण्डिखाटार फस्ट एमेच्योर टेनिस सम्पन्न

कपन अनलाइन

काठमाण्डौ,चैत २६ ।

मण्डिखाटार फस्ट एमेच्योर टेनिस प्रतियोगितामा ४५ वर्षको सिंगल्सतर्फको उपाधि महेश श्रेष्ठले जितेका छन् । मण्डिखाटार टेनिस कोर्टमा आइतबार भएको फाइनलमा महेशले सूर्य गिरीलाई ६–१ र ६–३ को स्कोरमा पराजित गर्दै उपाधि जितेका हुन् । यस्तै, ५५ वर्षको सिंगल्समा मनोज शाहाले प्रदीप शाहलाई कडा प्रतिस्पर्धामा पराजित गर्दै उपाधि पक्का गरे । उनले ५–७, ६–२ र १०–६ को स्कोरमा पाखा लगाउँदै उपाधि पक्का गरेका थिए ।
६५ वर्षको सिंगल्समा कमल थापाले बाजी मारे । थापाले मनोज शमसेर जबरालाई ६–१ र ७–६ को स्कोरमा पराजित गर्दै उपाधि जितेका हुन् ।
यस्तै, ३५ वर्षको सिंगल्समा भिष्म जंग गुरुङले उपाधि जितेका छन् । उनले सिमान्त गुरुङलाई ६–१ र ६–० को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । त्यसैगरी
६५ वर्षको डबल्समा ध्रुव घले र प्रकाश बोगटीको जोडीले उपाधि जितेको छ । घले र बोगटीको जोडीले मनोज शमसेर जबरा र विकास राणाको जोडीलाई ६–२, २–६ र १०–६ को स्कोरमा पराजित गर्दै उपाधि जितेको हो ।
५५ बर्षको डबल्समा हिमाल शाह र शिव सेढाईले उपाधि जितेको छ । फाइनलमा हिमाल र शिवको जोडीले जीवन घिमिरे र सुदर्शन विष्टको जोडीलाई २–६, ६–३ र १०–८ को स्कोरमा पराजित गर्दै उपाधि जितेको हो ।
३५ वर्ष अन्तर्गतको डबल्सको फाइनल भने शनिबार नै भएको थियो । उक्त फाइनलमा सिमान्त गुरुङ र भीष्मजंग गुरुङले जितेका थिए । देशभरबाट १२७ प्रतिस्पर्धी सहभागी प्रतियोगिताका विजेताहरुलाई आइतबार पुरस्कार वितरण गरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।