काठमाडौ विद्यालयको २५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

काठमाडौ विद्यालयको २५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ,चैत २७।

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ , कपनमा रहेको ‘काठमाडौ विद्यालय’ को २५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय संचालक समितीका जयराज श्रेष्ठको अध्यक्षता तथा  बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको  प्रमुख अतिथ्यता र  नगर उपप्रमुख अनिता लामा , नगर उपसचिव शिक्षा शाखा प्रमुख ललित विक्रम सिंह तथा नेसनल प्याप्सन केन्द्रीय समितिका अध्यक्ष सुवास न्यौपाने आदिको  आतिथ्यता रहेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्रस्तुतिहरु दिएका थिए।

नेसनल प्याप्सन केन्द्रीय समितिका महा-सचिव पारसमणि दाहाल , नेसनल प्याप्सन केन्द्रीय समितिका सचिव विष्णु पराजुली , बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष शम्भु भट्टराई ,  वडा नम्बर १० का वडा अध्यक्ष नवराज भट्टराई तथा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष राजु अधिकारीको विशेष अतिथिता रहेको यस उक्त कार्यक्रममा यस विद्यालयका ‘एस.इ.इ’ ब्याज २०८० लाई सफलताको शुभकामना प्रदान गरिएको थियो भने विद्यार्थीहरूद्वारा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत गरिएको विद्यालयका प्रधानाध्यापक सुस्मिता मैनालीले जानकारी दिएकी छन ।

‘एस.इ.इ’ ब्याच २०७९ र २०८० मा संलग्न विद्यार्थीहरूलाई समेत सम्मान प्रदान गरिएको कार्यक्रममा  ‘एस.इ.इ’ ब्याच २०८० लाई सुजाता तामाङ ले  सफलताको शुभकामना र विदाई भाषण प्रस्तुत गरेकी थिइन्।

विद्यालयकी  प्रधानाध्यापक सुस्मिता मैनालीद्वारा स्वागत मन्तव्य राखिएको सो  उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमिला के.सीले समापन मन्तव्य राखेकी थिइन् ।

तपाइँको प्रतिक्रिया ।