तिरुपति सेकेन्डेरी स्कुल/कलेज र काठमाडौं विश्वविद्यालय बिच विद्यार्थीहरुको शैक्षिक सुधार र शिक्षकहरुको क्षमता विकास सम्झौता
कपन अनलाइन
काठमाण्डौ, बैशाख १७ ।
बुढानिलकण्ठ नगरपालिका वडा नं १० बालुवाखानी कपन तिरुपति सेकेन्डेरी स्कुल/कलेज र काठमाडौं विश्वविद्यालय (Kathmandu University) बीच विद्यार्थीहरुको शैक्षिक सुधार र शिक्षकहरुको क्षमता विकासको लागि कार्यक्रम सचालन गर्ने भनी सम्झौता भएको छ ।
उक्त सम्झौतामा तिरुपति स्कुलको तर्फबाट विद्यालयको प्रधानाध्यापक तेन्जिङ भोटिया र सचालक इन्द्रमणी दाहालले हस्ताक्षर गरेका छन भने काठमाडौं विश्वविद्यालयको तर्फबाट डिन प्रा डा बालचन्द्र लुइटेल र व्यवस्थापक शिव नाथ मैनालीले हस्ताक्षर गरेका छन ।
विद्यालयका प्रधानाध्यापक तेन्जिङ भोटियाका अनुसार केयु सग सहकार्य गरेपश्चात विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सिकाइमा नयापन आउने र शिक्षकहरु पनि नया शैक्षिक प्रणाली र विशेष गरेर पाठ्यक्रम बारे पुर्णरुपले जानकार हुने बताए । यो कार्यक्रम लागु गरे पश्चात् तिरुपति ले आगामी एक वर्ष भित्र विद्यार्थीहरुको सिकाइमा ठुलो फर्को मार्ने विश्वास लिइएको छ ।