धर्म र विज्ञानको साइनो : राजेशमान के.सी.

धर्म र विज्ञानको साइनो : राजेशमान के.सी.
  कपन अनलाइन

काठमाण्डौ, चैत ३ ।

धर्म र विज्ञानको सन्दर्भमा चर्चा गर्दा यी दुई पक्षबीच बेलाबखत विपरित किसिमका धारणाहरु अभिव्यक्त हुने गरेको हामी पाउँछौँ । जस्तो विज्ञानका पक्षधरहरु खासगरी जो आफु लाई अलि बढी आधुनिक ठान्ने गर्छन् र भन्छन् । आजको युग त विज्ञानको युग हो । विज्ञानले मानिसलाई कहाँबाट कहाँ पुर्याईसक्यो । विज्ञानकै चमत्कारले गर्दा मानिस चन्द्रमामा समेत पाइला टेक्ने भईसक्यो । टेलिभिजनको आविष्कारले गर्दा मानिस घरमै बसेर संसार देख्न सक्ने भइसक्यो । सूचना प्रविधिको विकासले गर्दा सिंगो विश्व ग्लोबल भिलेजमा परिणत भइसक्यो । त्यसमा पनि ई–मेल र इनटरनेटको विकासले गर्दा घरकै एउटा सानो कोठामा बसेर हामी विश्वको कुना–कुनामा सन्देश आदान प्रदान गर्न सक्ने भइसकेका छौँ । यस्तोे जमानामा पनि धर्मकर्मको कुरा गरेर समय खेर फाल्नु हुन्छ ? यी त पुरातनबादीले गर्ने कुरा हुन् ।
त्यस्तै धर्म र अध्यात्मका पक्षधरहरु भन्ने गर्छन् । विज्ञानले त विनाशै पार्यो नि । खाली भौतिक सुख सुविधाको पछि लागेको छ । जताततै लोभाचार–पापाचार बढिरहेको छ । मानिसमा सुख शान्ति भनेको छैन । जताततै तनाव र चिन्ता छ । न रातमा निद छ, न दिनमा चयन छ । मानिसलाई दुईघण्टा राम्रोसंग निदाउन स्लिपिङ्ग ट्याबलेट खानुपर्ने अवस्था भइसक्यो । विज्ञानले भौतिक रुपमा विश्वलाई सांघुरो तुल्यायो भनिन्छ । तर भावनात्मक रुपमा मानिस–मानिस बीचको दूरी झन्झन् बढ्दै गइरहेको छ ।
यस्ता अभिव्यक्तिहरु सुन्दा कहिलेकाहीँ हामी असमन्जसमा पर्ने
गर्छौँ । सुन्दा दुवै कुरा आ–आफ्नो  ठाउँबाट ठीकै जस्तो पनि लाग्छ । कुन सही, कुन गलत हामीलाई छुट्याउन गाह्रो पर्छ । तर जुनसुकै कुरामा पनि सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । त्यो धर्म र विज्ञानमा पनि छ । हो, विज्ञानले हाम्रो जीवनलाई अत्यन्त सरल र सुगम तुल्याईदिएको छ । विज्ञानकै चमत्कारले गर्दा हिजो मानिसको लागि असम्भव र काल्पनिक ठानिने कतिपय कुराहरु आज सम्भव र यथार्थमा परिणत हुन पुगेका छन् । तर विज्ञानले उपलव्ध गराएका कतिपय भौतिक सुविधाहरुले मानिसलाई अल्छी र विलासी पनि त बनाइदिएको छ नि । जसले गर्दा उसले आप्mनो मानवीय मूल्य र मान्यताहरुलाई समेत विर्संदै गएको हो कि भन्ने महशूस हुन थालेको छ । विज्ञानकै देन स्वरुप ठूलठूला बम र बारुदको आविष्कारले गर्दा सिंगो मानव समुदाय आज डर र त्रासमा बाँच्नु परिरहेको अवस्था पनि छ ।
त्यस्तै धर्मको मूल आशय पनि मानव हित र कल्याण गर्नु नै हो । तर धर्मको आड लिएर आप्mनो अहम् देखाउने र धर्मलाई आप्mनो स्वार्थ अनुकूल ब्याख्या गर्ने प्रवृत्तिले गर्दा धर्मको
नाममा विश्वमा ठूलठूला साम्प्रदायिक युद्धहरु पनि भएका छन् । धर्मकै नाममा हामी बेलाबखत नरबली समेत हुने गरेको घटनाहरु सुन्ने गर्दछौँ । त्यसो त धर्मकै नाममा विभिन्न मठ–मन्दिरहरुमा निरीह प्राणीहरुको बली चढाउने प्रथा त हाम्रो समाजमा अहिले पनि चलिरहेकै छ । त्यसैले धर्म होस् वा विज्ञान । दुवैमा सकारात्मक र नकारात्मक पक्षहरु छन् । मुख्य कुरा यसका अन्तर्निहित सारतत्वलाई  हामीले आप्mनो जीवनमा कसरी ग्रहण गरिरहेका छौँ, त्यो महत्वपूर्ण कुरा हो । यसको लागि हामीले धर्म र विज्ञानमा भएका सकारात्मक पक्षलाई सदुपयोग गरी मानव हितमा लगाउने र यसमा भएका नकारात्मक पक्ष र कमी कमजोरीलाई हटाउने वा सुधार गर्दै जाने अभ्यास गर्नु पर्दछ । हामीले यदि यस्तो अभ्यास गर्दै जाने हो भने धर्म र विज्ञानबीच अत्यन्त घनिष्ठ सम्बन्ध रहेको पनि हामी पाउँछौं ।  जस्तो धर्मले हामीलाई सबैप्रति सद्भाव राख्ने र सकारात्मक सोच राख्ने शिक्षा दिन्छ । त्यस्तै विज्ञानले पनि सकारात्मक सोचमै जोड दिएको पाइन्छ । किनकि सकारात्मक सोच राख्नाले हाम्रो मानसिक र शारीरिक स्वास्थ्यमा सकारात्मक असर पर्छ । यसबाट हामी मानसिक र शारीरिक रुपमा स्वस्थ भई बढी मेहनत गर्न सक्छौँ र बढी मेहनत गर्नाले निश्चीत रुपमा जीवनमा सफलता हासिल गर्न सकिन्छ । त्यस्तै धर्मले हामीलाई आध्यात्मिक साधनाको लागि आप्mनो शरीर स्वस्थ र ह्रष्टपुष्ट राख्नुपर्छ भन्ने शिक्षा दिएको छ । विज्ञानले पनि स्वास्थ्य नै धन हो भनेको छ । धर्ममा हामीले हासिल गरेको आध्यात्मिक ज्ञान र चेतनालाई व्यवहारमा नउतारेसम्म त्यसको खासै अर्थ नरहने र यसको लागि हामीले निरन्तर साधनारत रहनुपर्ने कुरा सिकाएको छ । विज्ञानमा पनि आपूmले पढेका सैद्धान्तिक कुरालाई व्यवहारमा नउतारेसम्म त्यसको कुने उपलव्धि हुंदैन । र, यसको लागि लामो अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ । धर्मले हामीलाई ज्यादा क्रोध गर्नु हुँदैन, अरुको ईष्र्या डाह गर्नु हुँदैन भन्ने सिकाउँछ ।
त्यस्तै वैज्ञानिक अध्ययनले पनि ज्यादा क्रोध गर्ने अनि ईष्र्या डाह गर्नुे  व्यक्तिलाई उच्च रक्तचाप र मुटुको रोगले आक्रमण गर्न सक्ने देखाएको छ । धर्मले हामीलाई भान्छामा जाँदा लुगा फेरेर जानुपर्ने, कोठा वा मठमन्दीरमा प्रवेश गर्दा जुत्ता फुकाल्नु पर्छ भनेको छ । विज्ञानले पनि हामीले बाहिर लगाएर हिँड्ने लुगामा विभिन्न हानिकारक जीवाणुहरु टाँसिएर रहने हुनाले यसो गर्नु उपयुक्त भएको बताएको छ । हिन्दू धर्ममा हामी गाई पाल्छौँ । गाईलाई लक्ष्मीको रुपमा पूजा समेत गर्छौँ । किनकि गाईले हामीलाई दूध दिन्छ । गाईको दूध स्वास्थ्यको लागि अमृत सरह मानिन्छ । विज्ञानले पनि गाईको दूधमा मानिसलाई चाहिने सबै प्रकारको पौष्टिक पदार्थ पाइने कुराको पुष्टी गरेको छ । यहाँसम्म कि गाईको गोवर पनि हाम्रो गाउँघरमा लिपपोतको लागि प्रयोग गरिन्छ र यो मलको रुपमा खेतबारीमा लगाउने, गुइँठा बनाएर पकाई–तुल्याई गर्नको लागि समेत प्रयोग गरिन्छ । विज्ञानले पनि गाईको गोवरमा हानिकारक जीवाणु नष्ट गर्ने तत्व निहित रहेको प्रमाणित गरेको छ ।
त्यस्तै हिन्दू धर्ममा पीपल र तुलसीको बोटलाई भगवानको रुपमा पुजा गर्ने चलन छ । वैज्ञानिक रुपमा पनि यस्ता वनस्पति मानव स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुने पुष्टि भएको छ । सामान्यतया अन्य बोट विरुवाले विहान कार्वन डाइअक्साइड लिएर अक्सिजन फाल्ने र राती अक्सिजन लिएर कार्वन डाइअक्साइड फाल्ने गर्दछ । तर पीपलको रुखले हामीलाई राती पनि अक्सिजन दिने गर्दछ । त्यस्तै तुलसीको बोट पनि मानव स्वास्थ्य र वरपरको वातावरण स्वच्छ राख्न अत्यन्त फाइदाजनक भएको विज्ञानले पुष्टि गरिसकेको छ ।  धर्मले हामीलाई कुनै पनि प्राणीको हत्या हिंसा गर्नु हुँदैन भन्छ । त्यस्तै विज्ञानले पनि पर्यावरणीय प्रणाली सन्तुलित राख्न जीवजन्तुहरुको संरक्षण गर्नुपर्ने खाँचो औँल्याएको छ । हामी मठ–मन्दिरमा पुजा–पाठ आरती गर्दा शंख बजाउने, घण्टा बजाउने गर्छौँ । यसरी शंख बजाउँदा श्वास प्रश्वासको लागि अत्यन्त हितकर हुने र घण्टा बजाउँदा पनि टाढाटाढासम्मको हानिकारक जीवाणहरु समेत नष्ट हुने कुरा विज्ञानले पुष्टि गरेको छ ।
यस्ता अनेकन् उदाहरणहरु हुन सक्छन् जसले धर्म र विज्ञानलाई परस्पर विरोधीको रुपमा नभई एक आपसमा अन्तर सम्बन्धीत बनाएको छ । त्यसैले मुख्य कुरा के हो भने विज्ञानका उपलव्धिहरुलाई दुरुपयोग हुन नदिई यसलाई मानव कल्याणमा लगाउन हामीलाई आध्यात्मिक ज्ञान र चेतनाको आवश्यकता छ भने धर्मका नाममा गरिने अन्धविश्वास र रुढीबादी प्रवृत्तिलाई हटाउन पनि हामीलाई वैज्ञानिक सोच र चिन्तनको खाँचो पर्दछ । यिनै कुराहरुलाई मनन गरेर यदि हामीले धर्म र विज्ञानलाई एक अर्काको परिपूरकको रुपमा आप्mनो जीवनमा अंगिकार गर्न सक्यौँ भने आवश्य पनि हामी आप्mनो जीवनलाई सुखी र सार्थक तुल्याउन सक्नेछौँ अनि सिंगो समाज्लाई एउटा सकारात्मक दिशातर्फ डोर्याउन सक्ने छौँ ।
सहकार्य : कपन बानेश्वर सहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।