दुइ मुक्तक : गंगा लिगल

दुइ मुक्तक : गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ, चैत ३ ।

अत्यन्तै सुन्दर प्रकृति छटा हासेको छ यहाँ
प्रसस्त नेपाली गौरव गाथा गासेको छ यहाँ
सुन्दर नौरङी डाफेको मनोरम उडानले
उज्योलता भरी कालो बादल नासेको छ यहाँ ।

शान्त समुद्रमा तरंग तरंगिन थाल्यो
अति सुन्दर लहरहरु झागिन थाल्यो
सायद बसन्तको पदचाप पर्यो  जलमा
नव रंगी ईन्द्रेणी जलमा रंगिन थाल्यो ।

सहकार्य : कपन बानेश्वर सहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।