१५ हजार घुससहित एक नासु पक्राउ

१५ हजार घुससहित एक नासु पक्राउ

कपन अनलाइन

काठमाण्डौ, फागुन ३०।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार घुससहित एक नासुलाई नियन्त्रणमा लिएको छ ।

अख्तियारको टोलीले वैदेशिक रोजगार विभाग, ताहाचलमा कार्यरत नायब सुब्बा प्रमोद निरौलालाई पन्ध्र हजार घुससहित पक्राउ गरेर नियन्त्रणमा लिएको हो ।

आयोगको टंगालबाट खटिएको टोलीले निरौलालाई सेवाग्राहीबाट लिएको पन्ध्र हजार रुपैयाँ घुस र श्रोत नखुलेको एकहत्तर हजार छ सय बीस रुपैयाँसहित पक्राउ गरेको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष सूचनाको आधारमा मंगलबार निरौलालाई पन्ध्र हजार घुससहित पक्राउ गरेको हो।

तपाइँको प्रतिक्रिया ।