आठौ मातृभाषा साहित्य श्रृङ्खला सम्पन्न
नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले मासिक रूपमा आयोजना गर्दै आएको मातृभाषा साहित्य शृङ्खलाको नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले ब्यानर पाठ गरेर उद्घाटन गगरेका थिए ।
यसै क्रममा सदस्य सचिव सुवेदीले चाम्लिङ भाषाको कार्यक्रम हुँदा आफ्नै जस्तो लाग्ने गरेको बताउदै प्रत्येक भाषाको महत्त्व समान रहेको धारणा राखेका थिए ।
उनले चाम्लिङ भाषाका अध्येता तिलक चाम्लिङद्वारा लिखित कार्यपत्र ‘चाम्लिङ भाषाको साहित्य ‘ निक्कै पठनीय र स्तरीय रहेको बताए ।
यस कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (अनुवाद) विभाग प्रमुख हंसावती कुर्मीले स्वागत मनतव्यका क्रममा कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै प्रज्ञा-प्रतिष्ठान प्रत्येक मातृभाषाको उत्थान र प्रवर्द्धन गर्न लागि परेको बताउनु हुँदै मातृभाषाविना बाँच्न र जिउन कठिन हुने बताइन ।
यसैगरी कार्यक्रमका सभाध्यक्ष ,प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा ) विभाग प्रमुख राजन मुकारुङले मातृभाषा भनेको आफ्नै आमाको भाषा भएकाले हामीआफैँ जागृत हुनुपर्ने बताए ।उनले आफू बान्तवाभाषी भए पनि चाम्लिङ भाषा आफ्नो मातृभाषा सरह रहेको बताउँदै आगामी मातृभाषा शृङ्खला-नौँमा वाम्बुले राईभाषा साहित्यका विषयमा कार्यपत्र प्रस्तुत हुने बताएका छन ।
प्रत्येक शृङ्खलामा फरकफरक मातृभाषाबाट तीनवटा कविता वाचन गर्ने गरिएको छ । यसपटकको मातृभाषा साहित्य श्रृङ्खला-८ ओैँमा चाम्लिङ राईभाषाका अध्येता तिलक चाम्लिङले ‘चाम्लिङ भाषाको साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रस्तुत कार्यपत्रमा चाम्लिङ मातृभाषाको स्थिति, काल विभाजन ,पाठयपुस्तक प्रकाशन ,पत्रपत्रिका प्रकाशन,सोसल मिडियाको प्रभाव र चाम्लिङ साहित्य कृतिलगायतका बारेमा चर्चा गरिएको थियोे ।
उक्त कार्यपत्रमाथि सहभागीका तर्फबाट बयानसिंह राई,सोमबहादुर धिमाल र मानबहादुर राईले पुरक विचार राखेको कार्यक्रममा मैथिली भाषामा बिजेता चौधरी ,बायुङ राई भाषामा वसन्त बायुङ राई , दुमी राई भाषामा प्रयास दुमी राईले कविता वाचन गरेका थिए । सो कार्यक्रमको सहजीकरण प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।