सुकिलि :मधुसूदन प्रसाद घिमिरे ( लघुकथा)
कपन अनलाइन
काठमाडौं,माघ १३ ।
काठमाडौं,माघ १३ ।
‘सुकिलि ! ए सुकिलि ! तँ के गर्दै छस हँ ।’ उसको लोग्नेले यसरी सोध्यो । उसले नम्र भएर जवाफ दिइ ‘म कपाल कोर्दै छु ।’ उसको खसमले अलि कडा स्वभाव निकालेर गालिको शब्दमा भन्यो ‘बाहिर गाडि स्टार भै सक्यो । यो आइमाइको जात सधँै श्रृङ्गारमा व्यस्त हुनु पर्ने’ तलाइ कसले हेर्छ र राम्री हुनु पर्ने । यो आइमाइको जातै खराब । म तलाइ छोडेर जान्छु । अनि थाहा पाउलिस् ।’
सुकिलिले पनि कडा स्वभावमा वजाफ दिइ ‘तिमीले कहिले घरको काम गरेका छौ । बिहान उठेदेखि पानी भर, भात पकाउ, भाडा माझ इत्यादि काम गरेर म आफनो कोठामा छिरेको कति समय भयोे ? दस मिनेट । यो लोग्ने मानिसको जातलाइ जति गरे पनि नरिझीने रहेछ । गए हुन्छ, तिम्रा गाडीमा तिमी । म कपडा लगाएर टेक्सिमा पनि आउन सक्छु । आखिर तिमी र म यौटै, अफीस एकै तहका मानिस हौ बुझ्यौ । घरको काम भोलिदेखि तिमीले र मैले बराबर गर्ने अनि को चाडै अफीस जान तयार हुदो रहेछ म पनि हेरौला ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।