भव्य बन्यो नेकपा एमाले बुढानिलकण्ठ -१० को उदघाटन शत्र ,नेतृत्व चयन प्रक्रिया शुरु

भव्य बन्यो नेकपा एमाले बुढानिलकण्ठ -१० को उदघाटन शत्र ,नेतृत्व चयन प्रक्रिया शुरु

कपन अनलाइन

काठमाण्डौ,पुस १४।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १० कमिटी अधिवेसनको उदघाटन शत्र भव्य बनेको छ। नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको उदघाटन शत्रमा नेता, कार्यकर्ता तथा स्थानीयहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

नेकपा एमाले बुढानिलकण्ठ -१० की कार्यबाहक अध्यक्ष कमला कार्कीको अध्यक्षता तथा सचिव शम्भु शरण पौडेलको संचालनमा भएको उदघाटन शत्रमा केन्द्रीय कमिटी सदस्य सरिता न्यौपाने सहित  प्रदेश कमिटी ,जिल्ला कमिटी तथा नगर कमिटीका नेताहरुको आतिथ्यता रहेको थियो।

कार्यक्रमको उदघाटन शत्रको समापन संगै अहिले बन्द शत्र मार्फत नेतृत्व चयन प्रक्रिया शुरु भएको छ ।

तपाइँको प्रतिक्रिया ।