गोकर्ण हुनमान चोकबाट नक्कली नोटसहित एक महिला पक्राउ

गोकर्ण हुनमान चोकबाट नक्कली नोटसहित एक महिला पक्राउ

कपन अनलाइन

काठमाण्डौ,पुस १४।

नेपाल  प्रहरीले गोकर्ण हुनमान चोकबाट २४ हजार रुपयाँ बराबरको नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार एक हजार दरका नोटसहित काँडाघारी बस्ने ४० वर्षीया सरिता तामाङ पक्राउ परेको जनाएको छ।

नक्कली नोट कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। यस सम्बन्धमा थप अनुुसन्धान भइरहेको छ ।

तपाइँको प्रतिक्रिया ।