तिजोरी : तिलक पोखरेल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,मंगसिर ३०।
विदेशमा पनि
रून पर्छ आमा
यहाँआंशुको महत्व हुंदैन
पसीनाको व्यापारा गर्छन्
यहां मान्छेको भन्दा
पसीनाको मूल्य तोक्छन्
थकाइले पनि शरीर छोड्न खोज्छ
म अब थाक्न सक्दिनभन्दै
तर अन्तरात्माको भूतले
झक्झकाउंछ
केले पेट भर्छस् भोली
यहां सबै कृत्रिम छ आमा
हांस्नपनि समय हेर्नु पर्छ
रून पनि ठाउं रोज्नु पर्छ
आंखा चिम्लने तालिका हुन्छ समयको
आंखाखोलिरहने बाध्यता
तिम्रो काख
तिम्रो स्पर्षमा
यीकुनै नियम रहेनन्
तिम्रो घर
तिम्रो आंगनमा
यीकुनै विधान रहेनन्
तिम्रो स्याहार
तिम्रो सुसारमा
यीकुनै मूल्य उठेनन्
र पनि
तिम्रो दरवार छोडेर
यो विशाल झुपडीको
विराट उज्यालो मुनि
एक्लै हराएर बसेको छु हराएर
म त विदेसीएं
मन स्वदेश मै छ
तिम्रो छेउमा
तिम्रो साथमा
तिम्रो काखमा
यो सम्हाल्ने सुरक्षीत ठाउं
आमाको मनको तिजोरी बाहेक
कुनै भूमिको टुक्रा देखिन मैले
कुनै हतियार पुग्ननसक्ने ठाउं
कतै चोरी र राजनिती नछुने ठाउं
तिम्रो मायाको कवच बाहेक
देखिनअन्तै
सम्हाल भन्न पर्दैन सायद
यो तिम्रो भावनाको कारगारभित्र
सुरक्षीत भइसकेको छ
म धन्य छु !
म धन्य छु !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक