शुभकामना : राधिका पन्त (कविता )
कपन अनलाइन
काठमाण्डौ ,मंगसिर ३०।
पाइलै पिच्छे प्रगतिपथ खोजेर हिडनू
खुड्किलाहरु अप्ठेरा होलान् सोचेर चढनू ।
मानिस होला इर्ष्यालु द्रोहीहितले बोल्दैन
स्वजनहरु कटुता बोल्लान् विवेक खुल्दैन ।
ति सारा पीडा भुलेर आज अगाडि बढ्नू
हजारौँ गुणा टाढाको बाटो छ तय गरनू ।
मान्छेमा स्वार्थी धम्की र घुर्की बढेको समाज
साहित्यमाझ छोडेर आयौ सुखको आवाज ।
आकाश जस्तो विशाल मन लिएर उदायौ
छुटेका तन फाटेका मन सम्झौता दिलायौ ।
आस्थाका साथउनेर आज शव्दका यी माला
नेपाली माटो उर्वरा बनोस् उचाली हिमाल ।
उत्सव आयो घुमेर फेरि कबाको दैलोमा
जोस र जाँगर भरियोस्यहाँ छ शुभकामना !!
यो शुभदिनमंगल क्षण सबैको भावना
उज्वल बनोस भविष्यअँझै छ शुभकामना
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।