काठमाण्डौ-७ चाबहिल भत्केको पुल नजिक दुर्घटना ,कपनका एकजना गम्भीर घाइते

काठमाण्डौ-७ चाबहिल भत्केको पुल नजिक दुर्घटना ,कपनका एकजना गम्भीर घाइते

कपन अनलाइन
काठमाडौं, मंसिर ७।

काठमाण्डौ महानगरपालिका वडा नं ७  चाबहिल भत्केको पुल नजिक  आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् ।

चाबहिल भत्केको पुल नजिकको ओरालोमा आज बिहान ३ बजे प्रदेश ३-०२-००७ प १३१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कपन बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ का २८ वर्षे ईश्वर अधिकारी घाइते भएको प्रहरीले  जानकारी दिएको छ। उनको उपचार चाबहिलस्थित हेल्पिङ ह्याण्ड्स अस्पतालमा भइरहेको छ ।

यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका ९ लामाटारमा बुधबार बेलुकी आठ बजे साइकलको ठक्करबाट स्थानीय एकजना पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ५६ वषर्ीय मनोहर गौतम छन् ।

तपाइँको प्रतिक्रिया ।