बुढानिलकण्ठको चर्चित बाल उद्दार मावीमा व्यवस्थापन समिती चयन प्रक्रिया शुरु ,को बन्ला अध्यक्ष ?

कपन अनलाइन
काठमाडौं, मंसिर ७।

बुढानीलकण्ठ नगरपालिकाको एकमात्र नमूना विद्यालय ‘बाल उद्धार माध्यमिक विद्यालय’ले विद्यालय व्यवस्थापन समितिका गठन प्रक्रिया शुरु भएको छ। विद्यालय व्यवस्थापन समितिका गठनका  लागि अभिभावक भेला आव्हान गर्दै विद्यालयले व्यवस्थापन समिती गठन प्रक्रिया शुरु गरेको हो।

विद्यालयले व्यवस्थापन समिति गठन प्रक्रियाका लागि अभिभावक मध्येबाट एक महिला र एक पुरुष चयन गर्नुपर्ने प्रावधान रहेकोले  समितिको सदस्य हुनका लागि विद्यालयमा अध्ययनरत विद्यार्थीका बुवा,आमा, हजुरबुवा, हजुरआमा, दाईदिदी र विद्यालयको रेकर्डमा भएको स्थानीय अभिभावक भएको प्रमाण सहित भेलामा उपस्थित हुन अनुरोध गरेको छ।अभिभावक भेला २०८० मंसिर २२ गते (शुक्रबार) बाल उद्धार माविको सभाहलमा विहान ठिक ८ बजेबाट हुनेछ।

भाद्र २५ गते बूढानिलकण्ठ नगरपालिका शिक्षा महाशाखाले  सूचना जारी  गर्दै भाद्र १३ गतेको कार्यपालिका निर्णय अनुसार व्यबस्थापन समिति गठन गरि महाशाखामा जानकारी गराउन अनुरोध गरेको थियो।

लामो समयदेखी प्रत्यक्ष राजनीतिको केन्द्रमा रहदै आएको बाल उद्दार मावीमा व्यवस्थापन समिती गठन प्रक्रिया शुरु भए संगै यसको अध्यक्षका बारेमा पनि चर्चा शुरु भएको छ।

शिक्षा नियमावली -२०५९ का अनुसार  विद्यालय व्यवस्थापन समितिमा सात सदस्य मध्ये एक जनप्रतिनिधि सहित तिन जना वडा कार्यालयले चयन गर्नेछ भने एक शिक्षक प्रतिनिधि शिक्षक मध्येबाट छनोट हुनेछन जसको सदस्य सचिव विद्यालयका प्रधानाध्यापक रहने प्रावधान रहेको छ।

विद्यालय व्यवस्थापन समितीको अध्यक्ष समितीले पूर्णता पाए पश्चात चयन हुने भएकोले अहिलेको प्रक्रियालाई चासोका साथ हेरिएको छ।

विद्यालयको सुचना :

 

 

 

तपाइँको प्रतिक्रिया ।