ओखलढुंगाको प्रसिद्ध श्री चम्पादेवी मन्दिरमा लाग्ने मेलाको तयारी पुरा

ओखलढुंगाको प्रसिद्ध श्री चम्पादेवी मन्दिरमा लाग्ने मेलाको तयारी पुरा

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ६।

ओखलढुंगा जिल्लाकै प्रमुख धार्मिक तथा पर्यटकीय स्थल श्री चम्पादेवी मन्दिरमा हरिबोधनी एकादशीका दिनबाट शुरु हुने मेलाको तयारी पुरा भएको छ।

उक्त मेलामा देवीको दर्शन गर्ने र मेलामा रमाईलो गर्नेको भिँड लाग्ने गर्दछ । दर्शन गर्नका लागि नेपालका विभिन्न जिल्लाका दर्शनार्थी र छिमेकी देश भारतको सिक्किम र दार्जिलिङबाट समेत दर्शनार्थीहरु आउने गरेको स्थानियबासी बताउछन् ।

श्री चम्पादेवीको मन्दिरमा फूलडोली फूलसोली मार्फत् फूल तार्ने, घण्टा, त्रिशुल चढाउने मेला  १५ दिन सम्म लाग्ने लाग्ने जानकारी दिदै चम्पादेवी गाउँपालिका वडा नं ९ का अध्यक्ष तथा प्रवक्ता सुजन पौडेलले आफ्नो मनोकाङ्क्षा पुरा हुने र मागेको बर पाउने भएकाले टाढा टाढा देखी दर्शन गर्न आउनेको घुइचो लाग्ने गरेको बताएका छन  ।

सो मन्दिरमा  ठुलादेखि साना घण्टा, ठुलादेखि साना तामाका त्रिशुल, सुन चाँदी पैसा लगायत अन्य पशुचौपाया बृद्धि होस भनेर दहि दुध चढाउने, गाई भैसी बाँध्ने दाम्लो चढाउने, गाईभैसीलाई बोलाउदै मन्दिर देखि दाम्लोले गाईभैसी ताने जस्तै गरी दाम्लो घिसार्दै हिड्ने, राम्रो उत्पादन होस् भनेर मकैका झुत्ता फलफुल चढाउने प्रचलन रहेको छ  ।

ओखलढुंगा सदरमुकाम देखि कटुन्जे कोषकोहाट तथा  काठमाडाैं बाट रामेछाप मन्थली साँघुटार हुँदै घोराखोरी बिलन्दु बाट पनि मन्दिर सम्म पुग्ने मोटरबाटोको सुविधा रहेको छ ।यसैगरी  नवलपुर पलापु कोषको हाट हुँदै पनि श्रीचम्पादेवी मन्दिर सम्म पुग्ने मोटरबाटो रहेको छ ।

तपाइँको प्रतिक्रिया ।