रेडिअन्ट कप आजदेखि

रेडिअन्ट कप आजदेखि

कपन अनलाइन
काठमाडौं, मंसिर ७।
रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न विद्यालयका जम्मा ४८ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले जानकारी गराए । सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिम सहभागी हुने छन् । सिनियरलाई ८ समूह तथा बाँकी २ टिमलाई ४ समूहमा विभाजन गरी खेल खेलाइने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुने रेडिअन्टकी भाइस प्रिन्सिपल शुभद्रा कुँवरले जानकारी गराइन् । सिनियर ब्वाइज र गल्र्समा निम्स तथा जुनियर ब्वाइजमा युनिक डिफेन्डिङ च्याम्पियन हुन् । तीनै टिमको यो संस्करणमा सहभागिता छैन ।
पत्रकार सम्मेलनमा रेडिअन्टका इसीए इन्चार्ज दिलिप कार्की र लेभल इन्चार्ज विनोद कार्कीले प्रतियोगिताको विविध पक्ष बारे जानकारी गराए । मंसिर १५ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु स्युचाटारस्थित आयोजककै कोर्टमा खेलाइने छ । पहिलो दिन १० खेल हुने रेडिअन्टका बास्केटबल प्रशिक्षक आशिष महर्जनले बताए ।

तपाइँको प्रतिक्रिया ।