मुक्तकहरू : लीलाराज दाहाल

मुक्तकहरू : लीलाराज दाहाल

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २५।

बिहानै उसले पुजा थाल्छ फेसबुकबाट
अनि पेटमा चारो हाल्छ फेसबुकबाट
दिनभरि बरालिन्छ फेसबुककै सडकमा
साँझ फर्की बत्ती बाल्छ फेसबुकबाट ।।१।।

छैन पानी ठ्याम्मै लौ यो कस्तो ताल बनायौ
ओठ उदास छ आँखामा आँशु यो के हाल बनायौ
सानालाई ऐन लाउने त पुरानै हो रीति
ठूला माछा चाहिँ फुत्किए यो कस्तो जाल बनायौ ।।२।।

जसै मबाट तिम्रो दिल दूर हुनेछ
बिर्सनलाई मन यो मजबुर हुनेछ
तिमीले नि सधैंभरि साथ दियौ भने
मरुभूमि मै बस्न मन मञ्जुर हुनेछ ।।३।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।