गणतन्त्र : एस. विवश (कविता )

गणतन्त्र : एस. विवश (कविता )

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २५।

हिजो एकतन्त्र भएर मेरो आवाज हरायो
आज गणतन्त्र आएर मेरो भोक हरायो
भोको पेटलाई सोधे किन खान छोड्यौ
गणतन्त्र आउदा धान उमार्ने खेत हरायो

गणतन्त्र आउदा गाउमै सुखको आशा पलायो
यहि आशामा सत्र हजार सोझाको बली चदायो
बचेकालाई सोढे तिम्रो जीवनमा परीवर्तन के ल्यायो
भन्छन सबै म एक टुहुरो मानिस बनायो

गणतन्त्रले कसैलाई कमाउने भाडो बनायो
नेताहरुलाई देश लुट्ने दानब बनायो
खै के भो के भो जनता सबै
एक छाकमा बिक्ने जनावर बनायो

ढुंगा अनि गोली खाने सबै सोझा बनायो
भ्रष्टाचारको अखदा चलाउन नेता जन्मायो
काटीकाटी बेचिने भो आमा तिम्रो सरिर यो
गणतन्त्रको देशमा जनता सबैलाई भिखारी बनायो।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।