ट्राफिक प्रहरीद्वारा १८ ओटा दुईपाङग्रे सवारी साधन हस्तान्तरण

ट्राफिक प्रहरीद्वारा १८ ओटा दुईपाङग्रे सवारी साधन हस्तान्तरण

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २५।

विभिन्न मितिमा हराएका १८ ओटा दुईपाङ्ग्रे सवारी साधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार धनीलाई हस्तान्तरण गरेको छ ।
रामशाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच यस कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १२ ओटा मोटरसाइकल र ६ ओटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन्  ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले,काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा हालसम्म प्राप्‍त ८ सय ३२ ओटा निवेदनको आधारमा खोजी गर्ने क्रममा फेला परेका १७७ मध्ये १३४ ओटा सवारी साधन चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको बताउनुभयो ।ू यस्तै, चालु आर्थिक वर्षमै चोरीका ११ ओटा मोटरसाइकल सहित संलग्न १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाहीका लागि विभिन्न प्रहरी कार्यालयमा पठाइएको समेत उनले जानकारी दिएका छन  ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि स्वयम् सवारी धनी पनि बिशेष चनाखोका साथै सजग हुनुपर्ने साथै सवारी चालकथप जिम्मेवार बनि सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान लगायत विभिन्न उपायहरू अवलम्वन गर्नुका साथै मानिसहरूको आवत(जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भट्टले सम्पूर्णलाई अनुरोध गरेका छन ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

तपाइँको प्रतिक्रिया ।