नमस्कार ! नमस्कार !! नमस्कार !!!

नमस्कार ! नमस्कार !! नमस्कार !!!

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २५/केशव चौलागाई 

पूर्वीय दर्शनले ज्ञानविज्ञानको आधार माता, पिता र गुरुलाई मानेको छ । आमाको मुखहेर्ने दिन, बुबाको मुख हेर्ने दिन, गुरुपूर्णिमा यसैका पर्याय हुन् । मातृदेवको भवः, पितृदेवो भवः, गुरुदेवो भवःभनेर पूर्व कालमा गुरुकुल पढ्दा सिकाइन्थ्यो, कण्ठस्थ गराइन्थ्यो ।

गर्भमा राख्ने, दशधारा दूध खुवाउने आमा, सत्मार्गमा लगाउने बुबा, ज्ञान विज्ञानको बीजारोपण गरी फल्नफुल्न सिकाउने गुरुलाई स्मरण नगरे, नपूजे, कृतकृत्य नबने, नढोगे,कसलाई ढोग्ने ?आमा, ब्ुबा र गुरु जिवित देवीदेवता हुन, मार्गदर्शन गर्ने अभिभावकहुन् । यी जिवित आत्मालाई ढोग्नु जीवनको सबैभन्दा ठुलो धर्म हो । ढोग्न वा नमस्कार गर्न कन्जुस्याईँ गर्नु हुँदैन । नमस्कार गर्नाले व्यवहारिक फाइदाका साथै आध्यात्मिक लाभ समेत मिल्दछ ।
सामान्य अर्थमा दुई हात छात्तीको बीचमा आकाशतिर फर्काएर जोड्नुलाई नमस्कार भनिन्छ । दुई हात जोड्दा ॐ कार बन्दछ । हात जोडेर नमस्कार गर्नु परमात्माको स्मरण गर्नु हो । हात जोडेर नमस्कार गर्दा आफूलाई कयौँ फाइदा पुर्याइरहेको  हुन्छ । संंस्कृतको नोमः धातुबाट नमस्कार शब्द आएको हो । नमोःको अर्थ स्वागत् गर्नु भन्ने हुन्छ ।

वेदले मन्त्र उच्चारण गर्दा नमस्ते भन्छ ।यसको अर्थ पनिनमस्कार नै हो । गीतामा पनि अर्जुनले कृष्णसँग पुनश्चः भूर्योपिनमःनमस्ते भनेका छन् । यस्तो परम्पवित्र शब्दको रुपमा नमस्कारलाई लिइन्छ । देवी वेवदाको मन्दिरमा खुट्टैमा ढोग्ने गरिन्छ । शिरमा ढोग्ने चलन प्रायःपाइदैन ।राम, कृष्ण, परमहंशले स्वामी विवेकानन्दलाई खुट्टाको बुढी औँलाबाट शक्ति दिएको कुरा पढ्न पाइन्छ । देवीवेवताको साथै ऋषिमुनिले आफ्ना साधकलाई हातबाट अलौकित शक्तिदिएको कुरा शास्त्रहरुमा पाइन्छ । कलाकारले बनाएकामन्दिर, मूर्ति, तस्विरमा श्रद्धपूर्वक खुट्टामै ढोग्ने चलन छ । हामीलाई जन्मदिने आमा, बुबालाई पनि परमात्माले नै बनाएका हुन् । त्यसकारण आमाबुबालाई ढोग्नु, आमाबुबाको सेवा गर्नु, परमात्मालाई ढोग्नु बराबर हो ।
बिहान सबेरै उठ्ने मानिस स्वस्छ हुन्छ । हाम्रो शास्त्रले बिहान एक घडी रात छँदै उठ्नु शुभ मान्दछ । यो समयलाई ब्रह्ममुहुर्त भनिन्छ । प्रकृतिमा रहेका चराचुरुङ्गीहरु पनि बिहान सबेरैदेखि आवाज निकाल्न थाल्दछन् । उठ्ने बितिक्कै नित्यकर्म सकेर आमाबुबालाई ढोग्नु, गुरुको चरणमा स्पर्श गर्नु, भौतिकरुपमा उहाँहरु हुनुहुन्न भने मनसा (मनमनै) भएपनि दर्शन गर्नु पर्दछ । आमाको बात्सल्य संसार देखाउने उर्वर भूमिहो । यही बात्सल्यमा फक्रिएका फूलहरु शैरभ बन्दछन् र अन्तत्व झर्दछन् । यस्ता परमात्माहरुलाई नमस्कार गर्दा हामीलाई कयौं गुनाफाइदा हुन्छ । नमस्कार गर्दा अनुहारमा हाँसो, हृदयमा श्रद्धा, शब्दमा मधुरता हुनै पर्दछ ।पछिल्लो समय विकृति बढ्दै जाँदाआफन्त, मान्यजन, गुरुलाई नमस्कार नगर्ने, शिर नझुकाउने जस्ता गलत संस्कारको विकास ह्वात्तै बढेको पाइन्छ । आफ्ना सामाजिक संस्कार मासिंदा समाजमा अनेकौँ समस्याहरु देखा परेका छन् । आफ्ना पूज्यव्यक्तिलाई आदर गर्नु, ढोग्नु भनेको आफ्ना सन्ततिलाई असल बाटो देखाउनु पनिहो । बुबाले हजुरबुबालाई ढोग्नु् भनेको नातिलाई शिक्षा दिनु पनि हो । यस्ता असल संस्कार एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तिरित हुँदै जानु पर्दछ ।
पछिल्लो समयविश्व कोरोना महामारीको चपेटामा परेको अवस्थामा पश्चिमी संस्कृतिको हात मिलाउने(गुड गर्न), अङ्कमाल गर्ने परम्परा एकाएक परिवर्तन भएर नमस्कार गर्ने संस्कारले संसारभर लोकप्रियता पाएको छ। विश्वमहाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति र भारतका प्रधानमन्त्री अनि बेलायतका प्रधानमन्त्रीहरु बिचमा भएका नमस्कारले सर्वत्र नमस्कारको महत्व बढाएको छ । वास्तवमै नमस्कार गर्नु सभ्य, सुसंस्कृति मानवको परिचय पनि हो । यस्ता असल संस्कारले हरेक समाजमा मर्यादामा बस्न सिकाउँछ । नीतिमा भनिएकोछ—
काकचेष्टा बको ध्यानं, श्वाननिद्रा तथैव च ।
अल्पहारी गृह त्यागी, विद्यार्थी पंच लक्षणम् ।
—चाणक्य
अर्थात्  कागजस्तो चतुर, बकुल्लोजस्तो धर्यवान, कुकुरको जस्तो पातले निद्रा, खानामा संयमीएवम् घरको सम्झनाले नतड्पिने हुनु पर्दछ । विद्यार्थीमा हुनुपर्ने पाँच लक्षणको रुपमानीति शास्त्रमा उल्लेख पाइन्छ । यस्ता असल संस्कारले समाजमा मर्यादामा रहन सिकाउँछ । अनुशासन भनेको नै मर्यादा हो । जता जे गरेपनि हुने भयो भने मानवले मर्यादाको ख्यालगर्दैन । मर्यादाको ख्याल गरेकै कारण राममर्यादा पुरुषभए ।व्यक्ति, समाज, राष्ट्र सबैका आ–आफ्नै नीति, नियम रहेका हुन्छन् । सबैले मर्यादाको पालना गरेमा हरेक मानिसको जीवन सभ्य, सुसंस्कृत बन्न पुग्दछ । तसर्थ बाल्यकाल देखिनै असल संस्कारमा हुर्किएको मानिस पछि गएर समाजमा प्रतिष्ठित बन्दछ । संस्कार नै संस्कृतिको जननी भएकोले कलिला बालबालिकाहरुमा असल संस्कारको बीजारोपण गर्नु पर्दछ ।

तपाइँको प्रतिक्रिया ।