शारदा एकेडेमीमा राष्ट्रिय प्रतिभाहरुलाई सम्मान गरिँदै, सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध
कपन अनलाइन
काठमाडौं , चैत २७।
सिर्जनशील युवा समाज काँगेल, काठमाडौँ सम्पर्क समितिको आयोजनामा यही २०८१ चैत ३० गते शनिबार शारदा एकेडेमी, कपन, काठमाडौँमा एक विशेष “सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम – २०८१” आयोजना हुँदैछ।
कार्यक्रमको प्रमुख आतिथ्य नेपाल सरकारका माननीय रक्षामन्त्री मानवीर राईज्यू रहनेछन्। कार्यक्रमको उद्देश्य राष्ट्रिय स्तरमा खेलकुद र संगीतजस्ता सिर्जनशील क्षेत्रहरूमा उल्लेखनीय योगदान दिने प्रतिभाहरुलाई सम्मान गर्नु हो।
सोलुखुम्बु जिल्लामा जन्मिएर अन्तर्राष्ट्रिय स्तरसम्म राष्ट्रिय गौरव बन्न सफल नेपाली महिला फुटबल टोलीकी मिडफिल्डर प्रिती राईलाई नगदसहित सम्मान प्रदान गरिनेछ।
प्रिती राईको फुटबलमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उनलाई यो सम्मान प्रदान गर्न लागिएको हो। त्यस्तै, भ्वाइस अफ नेपाल सिजन–५ का सेकेण्ड रनर अप गायक तथा संगीतकार कुमार प्रयास राईलाई पनि नेपाली संगीतमा पुर्याएको योगदानको कदर स्वरूप विशेष सम्मान प्रदान गरिनेछ। नयाँ वर्ष २०८२ को अवसर पारेर आयोजना हुन लागेको यस कार्यक्रमले सिर्जनशीलता, प्रतिभा र राष्ट्रिय गौरवको पहिचान दिलाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।
कार्यक्रमको व्यवस्थापन सहयोगी संस्थाको रूपमा शारदा एकेडेमी सहकार्य गरिरहेको छ। विद्यालयका प्रधानाध्यापकको तर्फबाट सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, बिद्यार्थी शुभचिन्तक तथा सिर्जनशील गतिविधिमा रुचि राख्ने सबैमा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गरिएको छ।
कार्यक्रम विवरण:
मिति: २०८१ चैत ३० गते, शनिबार
समय: दिउँसो ३ बजे स्थान: शारदा एकेडेमी, कपन, काठमाडौँ
आयोजक: सिर्जनशील युवा समाज काँगेल, काठमाडौँ सम्पर्क समिति
सहयोगी संस्था: शारदा एकेडेमी