भूकम्प अनि भूकम्प : त्रिलोचन आचार्य (कविता )

भूकम्प अनि भूकम्प : त्रिलोचन आचार्य (कविता )

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २५

१. खाटा नबस्दै सब घाउ हाम्रो
भूकम्पले कर्म ग¥यो नराम्रो
हल्लाउने हो धरती कसोरी
तर्साउने को दुनियाँ यसोरी ।
२. आएर यो जान्छ कता लुकेर
बस्दै थियो कि अथवा ढुकेर
पृथ्वी स्वयं हल्लनु के विशेष
बाटो न घाटो किन डुल्छ देश ।
३. आफैँ बसेको घरले किचेर
अत्यास पा¥यो यसले थिचेर
मारेर मान्छे यसले सतायो
को भाग्नु हो कम्पन शीघ्र धायो ।
४. आकाश छानो न त अन्न खान
जाडो छ छन् बालक वृध्द धन्न
लुट्दै गयो भित्र लुकेर कम्प
मान्छेहरूको किन व्यर्थ दम्भ ।
५. गोर्खा हिजो जाजरकोट आज
जाँदैछ यो भित्र गरी विराज
यो च्यातिएको दिल जुट्छ कैले
यो दौडँदो कम्पन छुट्छ कैले
६. लाला र बाला अनि वृध्द बाबा
रुन्छन् नबुझ्दै कुन बोल्छ धावा
चिन्ता यहाँ लौ कति वर्षिएको
प्यारी धरा यी किन तर्सिएको ।
७. यो कम्पको धङ्धङ चाल कस्तो
बग्दैछ यो छङ्छङ छाल कस्तो
फाल्दैछ यो रङ् रङ जाल कस्तो
बन्दै बह्यो छङ्छङ काल कस्तो ।
८. भो भो न आ कम्प न छो धरा यो
राम्रो असाध्यै छ बसुन्धरा यो
यो दुख्ख हेर्ने कस को छ इच्छा
धर्ती नउफ्रेस् अब तीन बित्ता ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।