कुशल तथा चनाखो :विक्रम श्रेष्ठ ‘सागर’ ( लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक ९।
स–सानाबालबालिकाहरु खेल्दा खेल्दै पहेलो फूलले ढाकिएको एउटा तोरीबारीमा पुगि रमाउँदै थिए । यत्तिकैमा त्यहाका एक ठालू हपार्दै कराउँदै लखेट्न थाले । बालबालिकाहरु भाग्ने क्रममा आत्तिदै हाफिदै दाईको पछाडी भाई पनि घर पुगे ।
आत्तिदै घर पुगेकादुई भाईलाई देखेर आमाले शान्त मन गरी सानालाई काखमा राखीलोलो पोतो गर्दै घटनाको वृतान्त सुन्नमा व्यस्त भईन । यो सबै कुरा ठूलाले अलग्ग बसी निहारिरहेका थिए । यसै क्रममा आफू सानो छँदा आफूलाइ गर्ने गरेको सम्पुर्ण स्नेह, माया, ममता सम्झन थाल्दछ। आँखा अगाडी पुनरावृत भएका दृष्यहरुले झ–झङ्गकृत भए संगै हाल आफूलाई बेवास्ता गरेको ठानी व्याकुलभएको मनमा उब्जिएको नकारात्मक भावले भाईलाइआफ्नो दुश्मन भएको ठान्न पुगे ।
शनीवारको दिन थियो । घरका सबै सदस्यहरु आ–आफनै तालमा रमाईरहेका थिए । आमा सानेलाई नुहाई सकेर घाममा राखी रुमाले पुछ्दै आफ्नो माया, ममता र मातृत्व सागर सरी अबिरल बगाईरहेको दृष्यले व्याकुल भई अचानक ‘म बाहिर गएर आउँछु’ भन्ने ठूलेको आवाजले झसंङ्ग भै ‘ए ! ल… ल जा, अनी झट्टै आइस् नी !’ भन्दै पुनःआफ्नै तालमा व्यस्त भइन् ।
गह्रौँ मन लिएर चुपचाप हिड्न लाग्दै गर्दा उत्सुक हुँदै साने ‘दादा म पनि आँउछु ।’ ठूले ‘भो पर्दैन !’ साने जिद्धी गर्दै ‘नाइ के आमा म पनि जान्छु ।’ आमाको अगाडी आफ्नो केहि नचल्ने बुझे पछि चुपलाग्न बाध्य भएसँगै साने ठूलेको पछि लाग्दछन् ।
खुसीहुँदै रमाउँदै साने पछि पछि लागिरहेका थिए । मन नपरेका कारण उत्पन्न द्धेष संगै भयंकर तथा घृणित कार्य गर्ने ठूलेको मनले सुझाए संगै निष्कर्षमा पुगेर ठूले ढंग पर्दै पछाडी फर्केर हेर्छ । यसरी आफ्नो दाज्यूले आफुलाई फर्केर हेरेको देखीझनै रमाउँदै र ढंग पर्दै नजिकिनपुगेका भाईलाई सडकपेटी बाट सडकतिर ढकाली दिए ।
कुशल चालकको चतु्याई र चनोखो बुद्धिका कारण सम्भावित जघन्य दुर्घटनाबाट साने जोगिन सफलभए संगै चालक प्रसंसा र धन्यवादका पात्र बन्ने पुगे भने विकृत मनोवृतिका ठूले घृणाका पात्र बने ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।