डर : तोयनाथ तिवारी (कविता )

डर : तोयनाथ तिवारी (कविता )

कपन अनलाइन

काठमाण्डौ ,असोज २०।

साना साना बालबालबालिकाले
पढ्नु लेख्नु पर्छ
पढ्न लेख्न सयौं समस्या सँग जुध्नु पर्छ
घरबाट बाहिर निस्क्यो
गाडीले ठोक्लाभन्ने डर
पैदल हिड्यो अर्काले बोक्ला भन्ने डर
ठुलो मान्छेको सहारा लिन खोज्यो
उसैले ललाईफकाई लैजाला भन्ने डर
साथी संगिमात्र हिडे खोलानालाले बगाउने डर
नचिनेको मान्छेको सहयोग लिनखोज्यो
बेचबिखनको जोखिममा परिन्छ भन्ने डर
एक्लै हिडौं भने दुर्व्यसनिले
फेला पार्लान भन्ने डर छ
बयस्कको साथ लिन खोज्यो
उसले कस्तो व्यवहार गर्छ भन्ने डर
बिद्यालय गयो साथी संगी
कस्तो फेला पर्छन् भन्ने डर
सरमिसले कस्तो व्यवहार गर्छन्
कोही भेटियो मुखमा राम राम
कोईको व्यहारमा सिताराम

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।