गजल : लीलाराज दाहाल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असोज २०।
रोई रहे कर्णाली धेरै कुरा बिग्रन्छ
नभएअन्नबाली धेरै कुरा बिग्रन्छ !
भोकले बालुवाखाएकानानीलाई
नगरी बसे गाली धेरै कुरा बिग्रन्छ !
चरा बसाइँ सर्छन् निराशाको जङ्गल
उजाडिए डाली धेरै कुरा बिग्रन्छ !
धनीहरुले होइन गरीबहरुले मात्रै
चढ्नु परे उकाली धेरै कुरा बिग्रन्छ !
कतै जातकानाउँमाकतै धर्मका नाउँमा
बाँडिए भने नेपाली धेरै कुरा बिग्रन्छ !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।