बाल हक : सुशील आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असोज २०।
ल है साथी सुन्नुस अब मेरो एउटा कुरा
बालवालिकाको हितको वर्णन गर्छु पुरा
अतिखुशी लाग्छ आहा सन्देश सुन्दा खेरी
त्यै भएर कुरा सुन्न बसौँ एक फेरी
बालवालिकालाई सबै अधिकार दिने
उनिहरूको संरक्षणको जिम्मा पनि लिने
पहिला सुरू आमाबा हुन अनि सरकार समाज
यही कुरालाई पुरा गर्न उठाउँ सबैले आवाज
खानलाउन दिनु पर्छ पढ्न दिनु पर्छ
स्वास्थ्यउपचारले नै अतिभलो गर्छ
खेल खेल्नदिनु पर्छ बाल क्लव खोल्न पनि
बालबालिका खुशी रहुनअनुशाशित बनी
कहिले पनि नभुलुन है तिनले कर्तब्य
बालहक पाई आफ्नो जीवन बनाउन है भब्य
यति कुरा बुझाएँ है मैले सबैलाई
बालाहरूको मायाँगर्नुस हुनेछ भलाई
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।